शर्तसहितको २ बर्षे ग्रिनकार्डका सन्दर्भमा नयाँ निर्देशिका जारी


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले २ बर्षे ग्रिनकार्डका सन्दर्भमा नयाँ निर्देशिका जारी गरेको छ । दुईवर्षे शर्तसहितको अस्थायी ग्रिनकार्ड खारेज भइसकेकाहरुले कसरी आफ्नो अध्यागमन अवस्थाको समायोजन गर्ने भन्ने सन्दर्भमा नयाँ निर्देशिका केन्द्रीत रहेको छ ।

कुनै पनि आप्रवासीले अमेरिकी ग्रिनकार्डवाहक वा नागरिकसँग विवाह गरेको खण्डमा यस्तो खालको अस्थायी ग्रिनकार्ड पाउनसक्ने प्रावधान छ । खासगरी ग्रिनकार्ड प्राप्त गर्ने बेलामा विवाह गरेको दुईबर्ष भएको छैन भने यस्तो प्रकारको अस्थायी ग्रिनकार्ड दिइदै आएको छ ।

नयाँ निर्देशिकामा युएससीआईएसले अस्थायी ग्रिनकार्ड खारेज भएको आप्रवासीको अध्यागमन अवस्था कहिले समायोजन गर्नसक्छ भन्नेबारेमा ब्याख्या गरिएको छ ।

अब कुनै आप्रवासीले आफ्नो अस्थायी ग्रिनकार्ड खारेज भइसकेपछि स्थायीका लागि आवेदन दिनुअगाडि अध्यागमन न्यायाधिसले अस्थायी ग्रिनकार्ड खारेज भएको पुष्टी गर्नु नपर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया अस्थायी प्रकारको ग्रिनकार्ड प्राप्त गरेको व्यक्ति नयाँ आधारमा स्थायी ग्रिनकार्डको समायोजनका लागि अयोग्य हुनेगर्छ । तर यदि कुनै व्यक्तिको शर्तसहितको अस्थायी ग्रिनकार्ड खारेज भएको छ र उक्त व्यक्तिसँग ग्रिनकार्ड पाउनसक्ने नयाँ आधार छ भने युएससीआईएसले त्यस्ता व्यक्तिको स्टाटस एड्जस्ट गर्न सक्ने भएको छ ।

त्यस्तै आवेदक अरुसबै हिसाबले स्टाटस एड्जस्ट गर्न योग्य भएको वा स्टाटस एड्जस्टको आवेदनमाथि युएससीआईएसकै क्षेत्राधिकार रहेको अवस्थामा पनि युएससीआईएसले ग्रिनकार्ड प्रदान गर्नसक्नेछ । तर नागरिकता लिने बेलामा भने अस्थायी प्रकारको ग्रिनकार्डमा विताएको समय गणना हुनेछैन । नयाँ ग्रिनकार्ड प्राप्त गरिसकेपछिको समयमात्र गणना हुनेछ ।

अमेरिकामा विवाह वाहेक लगानीमा आधारितमा समेत शर्तसहितको अस्थायी २ बर्षे ग्रिनकार्ड जारी गरिन्छ । शर्त हटाउनका लागि म्याद सकिनुभन्दा ९० दिन अगाडि विवाहबाट अस्थायी ग्रिनकार्ड पाउनेले आई ७५१ र लगानीबाट पाउनेले आई ८२९ फाइल गर्नुपर्छ ।

यदि शर्त हटाउनका लागि आवेदन फाइल नगरेको खण्डमा व्यक्तिको स्थायी बासिन्दाको कानुनी हैसियत नै समाप्त हुन्छ । यदि २ बर्ष अगाडि नै सरकारले अस्थायी ग्रिनकार्ड खारेज गर्ने आशयको सुचना पठाएमा आवेदकको ग्रिनकार्ड खारेज नहुने निर्णय नहुँदासम्म आई ७५१ वा आई ८२९ बारे कुनै निर्णय हुँदैन ।

नयाँ निर्देशका नोभेम्बर २१ वा त्यसपछिका आवदेकका सन्दर्भमा लागु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com