भिसा बुलेटिन : मार्चमा ८८ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाई ग्रिनकार्ड


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

आगामी मार्च महिनाका लागि डिभी लोटरी मार्फत भिसा पाउने नेपालीहरुको केस नम्बर सार्वजनिक गरिएको छ । अमेरिकी सरकारले आज जारी गरेको भिसा बुलेटिन अनुशार आगामी मार्चमा ८८ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीलाइ भिसा प्रदान गरिने भएको छ । फरबरीमा भने ७५ सय ७५ सम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नेछन् ।

आर्थिक बर्ष सन् २०२० का लागि डिभी लोटरी विजेताहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गरिसकेका छन् । अक्टोबर महिनाका लागि १ हजारसम्म केस नम्बर हुने नेपालीहरुलेमात्र भिसाको प्रकृया अगाडि बढाउन सक्नेगरी सिमाबन्दी तोकिएको थियो ।

तर नोभेम्बर महिनामा भने ३१ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो । डिसेम्बर महिनामा ५ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा प्रकृया अगाडि बढाइयो भने जनवरीमा ६५ सयसम्म केस नम्बर हुने नेपालीले भिसा पाइरहेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत बर्षको अक्टोबरमा डिभी लोटरी भरेकाहरुले यो अक्टोबरबाट भिसा पाउन सुरु गरेका हुन् । उनीहरुले सन् २०२० को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउनेछन् । त्यतीन्जेलसम्म भिसा नपाउनेहरु अमेरिका जानका लागि स्वत अयोग्य हुनेछन् ।

यसपटक नोभेम्बर ५ सम्म डिभी लोटरी भरिरहेकाहरुले डिभी लोटरी पारेमा आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । यसबर्षदेखि डिभी लोटरी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com