अमेरिकाको कामदार भिसा आवेदन डिभी लोटरी जस्तै अनलाइन दर्ता, तोकियो १० डलर शुल्क


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी वर्षदेखि डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउनुपर्ने भएको छ भने त्यसका लागि १० डलर शुल्क लाग्नेछ । युएससीआईएसले शुल्कबारे आज अन्तिम सुचना जारी गर्दै कामदार भिसा एचवानबीका लागि आवेदन दिन चाहने रोजगारदाताले सुरुमै अनलाइनमार्फत दर्ता गराउँदा १० डलर शुल्क तिर्नुपर्ने जनाएको छ । उक्त शुल्क बैंक एकाउण्ट, क्रेडिट वा डेविट कार्डमार्फत तिर्न सकिनेछ ।

यसबारे भोलि फेडरल रजिस्टरमा औपचारिक रुपमा सुचना प्रकाशित गरिने भएको छ । यो नयाँ नियम भने डिसेम्बर ९ देखि लागु हुने युएससीआईएसले जनाएको छ । अन्तिम सुचना प्रकाशित गर्नु अगाडि युएससीआईएसले गत सेप्टेम्बर ४ मा सार्वजनिक कमेन्टको आव्हान गर्दै ३० दिने सुचना जारी गरेको थियो । त्यसमा जम्मा २२ वटा कमेन्टहरुमात्र प्राप्त भएका थिए ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बार्षिक ६५ हजारको कोटा रहने उक्त कामदार भिसाका लागि अबदेखि रोजगारदाताले प्रारम्भिक आवेदनको साटो १० डलर शुल्क तिरेर विद्युतीय रुपमा दर्ता गराउनुपर्नेछ ।

दर्ताको मिति सुरु हुनुभन्दा कम्तीमा ३० दिन अगाडि यसबारे सुचित गरिने युएससीआईएसले जनाएको छ । विद्युतीय प्रणालीबाट गरिएका दर्तालाई युएससीआईएसले चिठ्ठाको माध्यमबाट छनौट गरेपछि हरेक आवेदनबारे प्रकृया अगाडि बढाउन सकिनेछ ।

 

प्राप्त आवेदनहरुबाट छनौट गर्नका लागि युएससीआईएसको साधनश्रोत र जनशक्ति खर्च हुने तथा युएससीआईएस आवेदकबाट प्राप्त शुल्कबाटै चल्ने भएकाले अनलाइन दर्ताको समेत शुल्क प्रस्ताव गरिएको हो । छनौट भएका आवेदनहरुको थप प्रकृयाका लागि भने अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

गत जनवरी ३१ मा युएससीआईएसले अन्तिम नियम प्रकाशित गर्दै एचवान बी भिसाका प्रकृया र नियममा परिवर्तन गरेको थियो । विद्युतीय रुपमा अनलाइनमार्फत कामदार भिसाका लागि आवेदन दिने मिति युएससीआईएसले घोषणा गर्नेछ ।

 

अमेरिकी सरकारले यसैबर्षदेखि कामदारभिसा एचवानबीमा ब्यापक परिवर्तन गरेको छ । जस अनुशार अमेरिकी डिग्री होल्डरलाई अमेरिकी डिग्री होल्डरबाहेकको कोटामा पनि समावेश हुने अवशर दिइएको छ ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे । तर यो बर्षदेखि त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाएका छन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com