एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्ड फरबरीमा करेन्ट

अमेरिकामा १५ महिनाको अन्तरालपछि डिसेम्बरमा  करेन्ट भएको  रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डको आवेदन  जनवरीहुँदै फरबरीमा पनि करेन्ट भएको छ । अर्थात् एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन चाहने व्यक्तिले फरबरीमा पनि आई १४० सँगै ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ समेत एकसाथ फाइल गर्न पाउनेछन् ।

रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्डको आवेदन मिति पनि फरबरीमा करेन्ट रहेको छ । तर तेश्रो श्रेणीको ग्रिनकार्ड भने करेन्ट छैन । तेश्रोबाहेक अरु सबै श्रेणीका ग्रिनकार्डमा नेपालीहरुले आई १४० सहित ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछन् ।

युएससीआईएसले भिसा बुलेटिनको मितिलाई मान्यता दिएमा विगतमा एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिएका र आवेदन पेन्डिङ अवस्थामा रहेकाहरुले पनि जनवरीमा ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ फाइल गरेर वर्क परमिट लिएर काम गर्न वा एड्भान्स परोल लिएर यात्रा गर्न पाउनेछन् ।

Loading...

पहिलो श्रेणीमा एक्स्ट्रा अर्डिनरी क्षमता भएकाहरु, अतिदक्ष प्रोफेसर र रिसर्चरहरु, बहु राष्ट्रिय म्यानजर र कार्यकारीहरु पर्छन् । त्यसमध्ये एक्स्ट्राअर्डिनरी क्षमताको ग्रिनकार्डका लागि आवेदक आफैले वा वकिलको सहायतामा आवेदन दिन पाउँछन् भने अरुका लागि रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ । एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि रोजगारदाताको आवश्यकता हुँदैन ।

एक्स्ट्राअर्डिनरी ग्रिनकार्डको ब्याकलग के थियो ?

सन् २०१८ को अगस्त भन्दा अगाडि अमेरिकामा भिजिटर भिसामा आउनेहरुले समेत एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउँथे । सामान्यतया गैरआप्रवासी भिसामा अमेरिका आएको व्यक्तिले ९० दिनभित्र आप्रवासी भिसाका लागि आवेदन दिएमा वा स्टाटस परिवर्तन गर्न खोजेमा त्यसलाई गैरकानुनी मानिन्छ । अमेरिकी सरकारले गैरआप्रवासी भिसाका नियम उल्लंघन हुन नदिन यो नियम बनाएको हो ।

Loading...

त्यसैले भिजिटर भिसामा अमेरिका आउने व्यक्तिले सामान्यतया ६ महिनाका लागि अमेरिका बस्ने अनुमति पाउने हुनाले भिजिटर भिसामा नै आएको बखत ३ महिना नाघेपछि एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र यात्राका लागि एड्भान्स परोल प्राप्त गर्दै आएका थिए ।

तर सन् २०१८ को अगस्तमा अमेरिकी सरकारको भिसा बुलेटिनमा यो श्रेणीको ग्रिनकार्डका लागि फाइनल एक्सन डेट १ मे २०१६ तोकियो । युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई नै फाइलिङ मितिका रुपमा स्वीकार गरेपछि आई १४० फाइल गर्नेहरुले सन् २०१८ को अगस्तमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नका लागि झण्डै २ बर्ष ४ महिना कुर्नुपर्ने अवस्था सृजना भयो । नयाँ आवेदन दिनेहरुले आई १४० का साथमा आई ४८५ फाइल गर्न पाएनन् ।

त्यसपछि सेप्टेम्बरमा पनि युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई नै फाइलिङ मितिका रुपमा स्वीकार गरेपछि त्यतीबेला नयाँ आवेदन दिनेहरुले आई १४० का साथमा आई ४८५ फाइल गर्न पाएनन् । आवेदन पेन्डिंग अवस्थामा रहेका वा आई १४० स्वीकृत भइसकेका तर ग्रिनकार्ड आवेदन नदिएकाहरुलाई पनि समस्या उत्पन्न भयो । सन् २०१८ को सेप्टेम्बरमा जुन १ , २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र आई ४८५ फाइल गर्न पाउने भए ।

Loading...

सन् २०१८ को अक्टोबरमा युएससीआईएसले भिसा बुलेटिनकै फाइलिङ मितिलाई मान्यता दिएको थियो । त्यो क्रम सन् २०१९ को जनवरीसम्म चलेको थियो । तर पनि झण्डै ७ महिना कुर्नुपर्ने अवस्था भने विद्यमान नै थियो । भिजिटर भिसामा आएर स्टाटस परिवर्तन नगरी फाएल गर्न सम्भव थिएन । सन् २०१९ को फरबरीमा युएससीआईएसले पुन भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई नै फाइल गर्ने मितिका रुपमा मान्यता दिएको थियो, जसका कारण पुन १४ महिनाभन्दा लामो समय कुर्नुपर्ने अवस्था आएको थियो ।

त्यसपछि गत अक्टोबरदेखि युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ मितिलाई नै मान्यता दिदै आएपनि झण्डै तीनमहिना कुर्नुपर्ने अवस्था भने कायमै थियो । जुन गत डिसेम्बरमा हटेको थियो ।

खासगरी अमेरिका आइसकेको तीनमहिना पूरा भइसकेकाहरु र एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्न चाहनेहरुका लागि यो खबर सुखद रह्यो । उनीहरु कन्सुलर प्रकृयाका लागि फर्केर जानुपर्ने बाध्यता भएन । त्यस्तै अमेरिका आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गरिसकेर पेन्डिंग अवस्थामा रहेका वा स्वीकृत भइसकेका तर आई ४८५ फाइल गर्न कुरेर बसेकाहरुका लागि पनि यो सुखद खबर रह्यो । अमेरिका बाहिर रहेका एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदकका सन्दर्भमा भने नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउछ ।

अमेरिकी सरकारले एक्स्ट्रा अर्डिनरी लगायतका ग्रिनकार्डका लागि आई १४० सँगै ग्रिनकार्ड आवेदन आई ४८५ सँगै फाइल गर्न नपाइने गरी औपचारिक नियम नै ल्याउने तयारी गरिरहेको छ । उक्त नियम आगामी अप्रिलमा प्रकाशित गर्ने सरकारी योजना रहेको छ ।

Loading...

अमेरिकाका संघीय अध्यागमन एजेन्सीले सन् २०२० मा गर्ने अध्यागमन परिवर्तनको योजना सार्वजनिक गर्दै अप्रिलमा ग्रिनकार्डका सन्दर्भमा नयाँ नियम प्रकाशन गर्ने तयारी गरेका हुन् ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com