अमेरिकामा यो बर्षपनि ६६ हजार अस्थायी गैरकृषि कामदार ल्याइने, ३३ हजारको कोटा पूरा


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

अमेरिकामा अस्थायी गैरकृषि कामदारका लागि चालु आर्थिकबर्ष २०२० को पहिलो ६ महिनाका लागि आवेदन कोटा पूरा भएको युएससीआईएसले जनाएको छ । अप्रिल १ , २०२० भन्दा अगाडि काम सुरु गर्ने कृषि बाहेकका अन्य क्षेत्रका अस्थायी कामदारका लागि एच टु बी भिसा आवेदन फाइल गर्ने अन्तिम मिति नोभेम्बर १५ रहेको थियो ।

अप्रिल १ भन्दा अगाडि काम सुरु गर्नेहरुका नोभेम्बर १५ पछि प्राप्त हुने आवेदनहरु युएससीआईएसले स्वत अस्वीकार गर्ने भएको छ । संसदीय म्याण्डेडमा नपर्ने एच टु बी भिसा आवेदन भने स्वीकार गर्ने जनाइएको छ ।

यसबारे अमेरिकी सरकारको युएससीआईएसका प्रकाशित सुचना पढ्न यहाँ क्लिक गर्नुहोला ।

अहिले अमेरिकामा कृषि बाहेकका अन्य क्षेत्रमा काम गरिरहेका एच टु बी भिसा वाहकले रोजगारका शर्त परिवर्तन, रोजगारदाता परिवर्तन वा भिसा अवधि बढाउनका लागि दिएको आवेदन भने निरन्तर रुपमा नै स्वीकार गरिने भएको छ । त्यस्तै माछाको अण्डा प्रशोधनमा काम गर्नेहरु, त्यहाँका प्राविधिक वा सुपरभाइजरको भिसा आवेदन पनि स्वीकार गरिने छ । गुआम र मरियाना आइल्याण्डमा सन् २००९ को नोभेम्बर २८ देखि काम गरिरहेकाहरुको आवेदन पनि स्वीकार गरिनेछ ।

अमेरिकामा कृषि बाहेकका अन्य क्षेत्रमा काम गर्न आउने अस्थायी कामदारका लागि एच टु बी भिसा बनाइएको छ । अहिले यो भिसाका लागि बार्षिक कोटा ६६ हजार रहेको छ । जसमध्ये अप्रिल १ अगाडि ३३ हजार र अक्टोबर १ अगाडि थप ३३ हजारले काम सुरु गर्न पाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एच टु बी अस्थायी कामदार भिसाबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

यो भिसामा योग्य हुनका लागि रोजगारदाताले अमेरिकामा रहेका कामदारहरु उक्त काम गर्नका लागि सक्षम, योग्य वा इच्छुक नभएको प्रमाणित गर्न सक्नुपर्छ । साथै विदेशबाट ल्याइने कामदारका कारण अमेरिकामा रहेको श्रमबजार प्रभावित नहुने सुनिश्चित गर्नुपर्छ ।

एचटुबी भिसाको कोटा काउन्टबारे थप जानकारी यो लिंकमा उपलब्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com