आजदेखि ५ लाखको ग्रिनकार्ड ९ लाख, १० लाखको ग्रिनकार्ड १८ लाख


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

अमेरिकी सरकारले आजदेखि ५ लाखको ग्रिनकार्डका लागि ९ लाख, १० लाखको ग्रिनकार्डका लागि १८ लाख डलर खर्चिनुपर्ने अवस्था सृजना गरेको छ । लगानीका आधारमा ग्रिनकार्ड प्रदान गर्ने इबी फाइभ कार्यक्रममा अमेरिकी सरकारले कडाई गरेको हो । स्ट्याण्डर्ड न्यूनतम लगानी १० लाख डलर रहदै आएकोमा आजदेखि उक्त रकम बढाएर १८ लाख डलर बनाइएको छ ।

नियमको पूर्ण पाठ यहाँ पढ्न सक्नुहुनेछ ।

लक्ष्यीत रोजगारी क्षेत्रमा गरिने लगानी न्यूनतम ५ लाख डलर रहदै आएकोमा बढाएर ९ लाख डलर बनाइएको छ । युएससीआईएसले सुरुमा यो रकम बढाएर १३ लाख डलर बनाउने प्रस्ताव गरेपनि अहिले ९ लाख डलरमात्र कायम गरिएको हो ।

लगानीको थ्रेसहोल्ड हरेक ५ बर्षमा स्वत बढाइने जनाइएको छ । लक्ष्यीत रोजगारी क्षेत्र तोक्ने अधिकार अब युएससीआईएसमा मात्र हुनेछ । लक्ष्यीत रोजगारी क्षेत्र वेरोजगारी दर बढी भएको वा ग्रामिण क्षेत्र हुनेछ । नोभेम्बर २१ भन्दा अगाडि आवेदन दिनेहरुका सन्दर्भमा पुरानै नियम लागु हुने भएपनि नयाँ क्राइटेरिया पूरा नभएका रिजनल सेन्टरहरु नोभेम्बर २१ पछि अयोग्य हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्तीमा १० जना अमेरिकन कामदारहरुलाई रोजगार दिनेगरी ईबी फाइभ कार्यक्रम अन्तरगत लगानी गर्ने व्यक्तिले सपरिवार अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नसक्ने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com