अधिकारकर्मी डा बिष्णुमाया परियारबाट अमेरिकामा ३० प्रहरी अधिकारीलाई तालिम


प्रकाशित मिति : ७ भदौ २०७५, बिहिबार

नेपाली अधिकारकर्मी डाक्टर बिष्णुमाया परियारले अमेरिकाको न्युजर्सीमा ३० जना प्रहरी अधिकारीलाई विशेष तालिम दिनुभएको छ । न्युजर्सीको हडसन काउन्टीमा प्रहरीको विशेष युनिटलाई परियारले घरेलु हिंशा र यौन हिंशाबारे तालिम दिनुभएको हो ।

तालिममा प्रहरीका सहायक अभियोजक सहित विशेष युनिटका डिटेक्टिभहरु र अन्य अधिकारीहरुको सहभागिता रहेको थियो । घरेलु र यौन हिंशाका पीडितहरुलाई सहयोग गर्ने क्रममा विशेष युनिटका प्रहरी अधिकारीहरुलाई यसबारे थप जानकारी दिलाउन तालिमको आयोजना गरिएको हो ।

डाक्टर बिष्णुमाया परियार न्युजर्सीको जर्सी सिटी मेयरकी डाइभर्सिटी एण्ड इन्क्लुजन सल्लाहकार हुनुहुन्छ । गोरखाको विकट ताक्लुङ गाविसको गरिब परिवारमा जन्मिएकी विष्णुमाया परियार एड्वानमार्फत सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ ।

यसअघि उहाँले जर्सी सिटी प्रहरी विभागका एकसय ५० प्रहरी अधिकारीहरुलाई तालिम प्रदान गर्नुभएको थियो । घरेलु र यौन हिंशाबारे उनीहरुलाई तालिम प्रदान गरिएको थियो । खासगरी दक्षिण एसियाली समुदायमा हुने घरेलु र यौन हिंशाको प्रकृतिबारे जानकारी दिन तालिमको आयोजना गरिएको थियो ।

घरेलु हिंसामा परेका महिला, दलित तथा अन्यायमा परेकाहरूको दुःखकी साथी विष्णुमाया अमेरिकामा रहेको नेपाली समुदायले मात्र नभएर अमेरिकीले समेत चिन्ने नाम हो । सरकारी विद्यालयमासमेत पढ्न नसक्ने अवस्थाबाट आफ्नो बाल्यकाल गुजारेकी विष्णुमाया अन्ततः डाक्टर बिष्णुमाया बन्न सफल हुनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१९९९ मा अमेरिका आउनुभएकी विष्णुमायाले सन् २००६ मा संयुक्त राष्ट्रसंघबाट पाँच हजार डलरसहित ह्युमन राइट्स अवार्ड प्राप्त गर्नुभएको थियो । जुन अवार्ड त्यतिवेलासम्म विश्वका ६ जनाले मात्र पाएका थिए ।

बिष्णुमायाबारे थप

डा. बिष्णुमाया परियारलाई साउथ एशियन कम्युनिटी आउटरिच पुरस्कार, ८ दक्षिण एशियाली र अमेरिकन सम्मानित

 

ट्रम्प प्रशासनबाट महिला अधिकार जोखिममा छ – बिष्णुमाया परियार, अधिकारकर्मी

क्यानडाको निडर नारी सम्मेलनमा बिष्णुमायाले जगाइन् उत्प्रेरणा

राष्ट्रसंघ गोष्ठीमा डाक्टर बिष्णुमायालाई अम्बेडकर अवार्ड

बजेटमा नेपालीका हकहित समेट्न न्युजर्सीका गभर्नरलाई बिष्णुमायाको सुझाव

विश्वका १५५ देशका महाबाणिज्यदूतावासबाट बिष्णुमाया सम्मानित

अमेरिकी राजनीतिज्ञबाट नेपाली बिष्णुमाया सम्मानित

राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा बिष्णुमाया

राष्ट्रसंघमा महिला दिवस, एड्वानबाट डा. बिष्णुमाया सहभागी

जीवनयात्रा : गाउँमा अछुत भनेर हेपिएकी बिष्णुमाया अमेरिकामा मेयरकी सल्लाहकारसम्म

अमेरिकाका मेयरले नियुक्त गरे बिष्णुमायालाई सल्लाहकार

बीबीसीमा बिष्णुमाया – ‘नयाँ जन्म पाएजस्तै लाग्छ’

 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com