ट्रम्प प्रशासनबाट महिला अधिकार जोखिममा छ – बिष्णुमाया परियार, अधिकारकर्मी


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध अमेरिकाका सडकहरुमा लाखौंले प्रदर्शन गरेका थिए । महिला मार्चमा नेपालीहरुको सहभागिता पनि उल्लेख्य रह्यो । खासगरी अमेरिकामा रहेका कैयन नेपाली महिलाहरु मार्चमा सहभागी भए , उनीहरुलाई साथ दिए कैयन नेपाली पुरुषहरुले पनि । वासिंटन डिसी, न्युयोर्क, न्युजर्सी लगायतका स्थानमा भएका प्रदर्शनहरुमा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

न्युयोर्कमा नेपाली र नेपाली भाषीको अधिकारका लागि कृयाशिल संस्था अधिकारकी नर्बदा क्षेत्रीले डिसीको महिला मार्चमा सहभागी हुन पाएकोमा आफूलाई गर्व लागेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् । त्यस्तै न्युजर्सीको महिलामार्चमा सहभागी अधिकारकर्मी बिष्णुमाया परियारले पनि डोनाल्ड ट्रम्पको शासनकालमा महिला अधिकार जोखिममा रहेको भन्दै प्रदर्शनमा सहभागी हुनु परेको बताइन् । उनैसँग गरिएको कुराकानी ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिला अधिकारको लागि अगाडि मानिने अमेरिकामा महिला अधिकारका लागि किन प्रदर्शन गर्नुपरेको हो ?

जतिसुकै महिला अधिकारमा अगाडि भनिएपनि यसपटकको चुनावी परिणामले वास्तविक चित्र देखाइसकेको छ । महिलाहरु जतिसुकै अगाडि बढेको भनिएपनि अझै पनि अमेरिकामा भेदभाव रहेको कुरा पुष्टी भएको छ । यो सोंच्दै नसोंचेको हो । त्यसैले महिला अधिकारका लागि अझै पनि अमेरिकामा धेरै गर्न बाँकी रहेको छ ।

महिलामार्चमा तपाई किन सहभागी हुनुभयो ?
म सुरुदेखि नै महिला र अल्पसंख्यकको अधिकारका पक्षमा रहदै आएकी छु । यसपटक वासिंटन डिसीमा ठूलो प्रदर्शन भएपनि हामीचाँही न्युजर्सीको क्यापिटलमा गएर महिला मार्चमा सहभागी बन्यौं । यो ऐतिहासिक प्रदर्शनमा सहभागी हुन पाउँदा र ऐतिहासिक परिघटनामा समावेश गर्न पाउँदा खुशी लागेको छ । त्यहाँको आन्दोलन हेर्दा र भाषण सुन्दा निकै उत्साहजनक अवस्था थियो । अधिकारका लागि भइरहेको यो आन्दोलनमा सहभागी हुँदा जीवनकै फरक अनुभव भयो । समयमा नै सुरु भएर समयमै सकियो । मेरो जीवनकै सबैभन्दा धेरै प्रेरक कार्यक्रम थियो त्यो ।

 

त्यो त इतिहास नै देखाएको कुरा हो । सुरुदेखि नै महिलाप्रतिको ट्रम्पको रवैया र अपमानले यो पुष्टी गरिसकेको छ । सार्वजनिक रुपमा नै महिलाप्रतिको ट्रम्पको दृष्टीकोण आइसकेको छ । महिला, आप्रवासी, मुस्लिम, अल्पसंख्यकहरुप्रति ट्रम्पको नकारात्मक धारणा रहेको छ । शक्तिमा नआएको अवस्थामा त महिला, आप्रवासी, मुस्लिम, अल्पसंख्यकहरुप्रति नकारात्मक धारणा राख्ने ट्रम्पले शक्तिमा आइसकेपछि के गर्लान् भन्ने त्रास व्यप्त छ । र ट्रम्प प्रशासनबाट अधिकार जोखिममा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com