क्यानडाको निडर नारी सम्मेलनमा बिष्णुमायाले जगाइन् उत्प्रेरणा


प्रकाशित मिति : २४ असार २०७५, आइतबार

क्यानडामा सम्पन्न निडर नारी सम्मेलनमा अमेरिका निवासी नेपाली अधिकारकर्मी बिष्णुमाया परियारले सहभागीमाझ उत्प्रेरणा जगाएकी छिन् । मुख्य वक्तामध्येकी एकका रुपमा सहभागी उनले कार्यक्रममा उपस्थीतहरुलाई आफ्नो संघर्ष र सफलताको कथा सुनाएकी थिइन् । कार्यक्रम वन वुमन अर्गनाइजेशनले क्यानडाको ओन्टारिओमा गरेको हो ।

सम्मेलनमा निडर कथा हुने चर्चित महिलाहरुलाई उनीहरुका सफलता र संघर्षको कथा सुनाउनका लागि वक्ताका रुपमा बोलाइएको थियो । उनीहरुले समाजका सबै महिलाहरुलाई उत्प्रेरणा हुनेगरी आफ्ना संघर्षका कथाहरु सुनाएका थिए ।

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेभन फुलपकी डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारको संस्था एड्वानको शैक्षिक कार्यक्रमबाट स्थापना काल सन् १९९८ देखी हालसम्म १५ हजार बढी बालबालिकाहरु लाभान्बित भएकाछन् । महत्वाकांक्षी छात्राकोषबाट २३२ जना किशोरी विद्यार्थीहरुले कलेज स्तरको उच्च प्राबिधिक शिक्षा हाँशिल गर्न सफल भएका छन् ।

यो साल सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले महत्वाकांक्षी छात्राकोष प्राप्त गर्ने घोषणा गरिएको छ । एड्वानले नेपालका बिपन्न र दलित समुदायका ५० हजारभन्दा धेरै महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com