दिक्पाल कार्कीले भारतमा पाए ‘आइकोनिक नेपाली फेसन मोडल- फेसन वेभ अवार्ड’


प्रकाशित मिति : मंसिर २, २०८० शनिबार

नेपाली मोडल दिक्पाल कार्कीले भारतमा आइकोनिक नेपाली फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेका छन् । १३ बर्षदेखि मोडलिङ क्षेत्रमा सकृय रहदै आएका कार्कीले शुक्रबार रात्ी भारतको दिल्लीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्राप्त गरेका हुन् । भारतको फेसन वेभ म्यागाजिन र शिवाय मिडिया नेटवर्कले कार्यक्रमको आयोजना गरेको हो ।

झण्डै दुईदर्जन चलचित्र र सिरिजहरुमा अभिनय गरेकी भारतीय कलाकार अमायरा दस्तुरले उक्त अवार्ड हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा अपेक्षा शेरचनले नेपाली टिन फेशन मोडल अवार्ड र राजन बुढाथोकीले डायनमिक नेपाली इभेन्ट अर्गनाइजर अवार्ड प्राप्त गरेका थिए ।

कार्की कैयन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोहरुमा सहभागी भइसकेका छन् । सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले एकसयभन्दा धेरै म्युजिक भिडियोहरुमा अभिनय र नृत्य गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्की मिस्टर मोडल अफ द वर्ल्ड २०१८ का विजेता पनि हुन् । उनले म्यानमारमा सम्पन्न भएको प्रतियोगितामा मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को उपाधि जितेका थिए ।त्यसको साथै दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका थिए । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले नै हातपारेका थिए ।

यसैगरी कार्कीले विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । उनले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए । उनले दुईवटा नेपाली चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com