अमेरिकी राजनीतिज्ञबाट नेपाली बिष्णुमाया सम्मानित


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

अमेरिकी राजनीतिज्ञ एरिक आडम्सले चर्चित नेपाली अधिकारकर्मी डाक्टर बिष्णुमाया परियारलाई सम्मान गरेका छन् । न्युयोर्कको बु्रकलिन सहरका बोरो प्रेसिडेण्ड रहेका एरिक आडम्सको सम्मानपत्र सिटी काउन्सिलका प्रतिनिधिले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । नेपालको दलित आन्दोलन र अधिकारका क्षेत्रका गरेको योगदानका लागि आफूले बिष्णुमायालाई सलाम गर्ने एरिक आडम्स हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ ।

शनिबार पाकिस्तानी अमेरिकन युथ सोसाइटीले बु्रकलिनमा आयोजना गरेको कार्यक्रममा डाक्टर बिष्णुमाया परियारलाई सम्मान गरिएको हो । न्युयोर्कमा रहेको पाकिस्तानी महावाणिज्यदूतावासका महावाणिज्यदूत र सिटी काउन्सिलका प्रतिनिधीले संयुक्तरुपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

गोरखाको विकट ताक्लुङ गाविसको गरिब परिवारमा जन्मिएकी विष्णुमाया परियार जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । समाज सेवामा सक्रिय उनी मानवअधिकारकी पर्याय मानिन्छिन् । घरेलु हिंसामा परेका महिला, दलित तथा अन्यायमा परेकाहरूको दुःखकी साथी हुन्, उनी । विष्णुमाया अमेरिकामा रहेको नेपाली समुदायले मात्र नभएर अमेरिकीले समेत चिन्ने नाम हो । सरकारी विद्यालयमासमेत पढ्न नसक्ने अवस्थाबाट आफ्नो बाल्यकाल गुजारेकी विष्णुमाया अन्ततः डाक्टर बिष्णुमाया बन्न सफल भएकी छिन् ।

१९९९ मा अमेरिका गएकी विष्णुमायाले एक सेमेस्टर अंग्रेजी मात्र पढेकी थिइन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । कलेजमा आएर पनि उनले टप गरिन् । उनलाई सन् २००६ मा संयुक्त राष्ट्रसंघले पाँच हजार डलरसहित ह्युमन राइट्स अवार्ड प्रदान गर्‍यो । जुन अवार्ड त्यतिवेलासम्म विश्वका ६ जनाले मात्र पाएका थिए । उनको सम्मानमा अमेरिकाको केन्टकीको लुइभिल सहरले हरेक वर्ष सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’का रूपमा मनाउने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com