अमेरिकाका मेयरले नियुक्त गरे बिष्णुमायालाई सल्लाहकार


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् । १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्युनिटीबाट डा. परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी शहरमा साँस्कृतिक, भाषिक, लैंगिक र क्षेत्रको आधारमा हुने विभेदको अन्त गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसन अन्तर्गत उक्त सल्लाहकार बोर्ड स्थापना गरिएको जनाईएको छ ।

मेयर फुलपले जारी गरेको विज्ञप्तीमा सल्लाहकार समितिले सिटीमा विभेद, हिंशा र आर्थिक विषमता अन्त्यका लागि सल्लाह प्रदान गर्नुपर्ने जनाइएको छ । त्यस्तै सल्लाहकार समितिले सबैलाई शिक्षा, रोजगार र अर्थमा समान पहुचको अवशर सृजना थर्न नीति निर्माणका लागि सल्लाह दिने मेयरको अपेक्षा रहेको छ ।

दुई वर्षको पदावधी रहेको उक्त सल्लाहकार बोर्डको कोचेयारमा काउन्सिल पर्सन एटलार्ज जोएस वाटरम्यान र प्रमुख डाईभर्सिटी अफिसर रेगिनाल्ड मेकारीया नियुक्त गरिएका छन् । मेयरद्वारा नियुक्त सल्लहाकार सदस्यहरुमा माईकल काबिली, अलेक्जाण्डर मागालोन, डेभिड ए रोसेन, चिपो साचिरार्वे र डा. बिष्णुमाया परियार रहेका छन् ।

डा. परियार ’एड्वान’ संस्थाकी संस्थापक अध्यक्ष हुन् । उनी हाल जर्सी सिटीस्थित केयर पोईण्ट हेल्थ ग्रुप संस्थामा घरेलु हिंशा र साउथ एशियन कम्यूनिटी हेर्ने आउउटरिच कोअर्डिनेटर छिन् ।

डा. परियारको संस्था एड्वानले नेपालका दलित र सिमान्त्कृत समुदायका महिला र बालबालिकाहरुको सशक्तिकरण र शिक्षाको क्षेत्रमा गरेको योगदानको कदर स्वरुप अमेरिकाकै जर्जिया राज्यको लुइसभिल शहरका मेयर ग्रेग फिसरले सन् २०१५ मा सेप्टम्बर २७ तारिखलाई ’डा. बिष्णु माया परियार डे’ घोषणा गरेका थिए । मेयर फुलपले सन् २०१५ को जुलाई २४ तारिख डा. परियार संस्थापक अध्यक्ष रहेको वोमन फर कज संस्थालाई जर्सी सिटी काउन्सिलबाट नेपालमा गएको महाभूकम्पबाट प्रभावित नेपालीहरुको लागि टिपिएस प्रस्ताव पारित गर्न अहम भूमिका खेलेकोमा सिटी प्रोक्लेमेसनद्वारा कदर गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com