ट्रम्प र भान्सबिच मतभेद: चुनावमा हारपछि रिपब्लिकन पार्टीभित्र चर्कियो आन्तरिक विवाद


प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार

उपराष्ट्रपति जेडी भान्स वेस्ट कोलोनेडमा पैदल यात्रा गर्दै, शुक्रबार, जुलाई १८, २०२५। (डेनियल टोरोक/आधिकारिक ह्वाइट हाउस फोटो)

अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो पराजयको प्रमुख कारण इरान युद्ध रहेको बताएका छन्। यस टिप्पणीमार्फत उनले ट्रम्प प्रशासनको कार्यसूची र सञ्चार रणनीतिको कडा आलोचना गरेका छन्।

इरान युद्धप्रति निजी रूपमा असन्तुष्टि जनाउँदै आएका उपराष्ट्रपति भान्सले सामाजिक सञ्जालमा उक्त लामो वक्तव्य दिएका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भान्सको अभिव्यक्तिप्रति आफू सकारात्मक रहेको बताएपछि भान्सको यो टिप्पणी राष्ट्रपति ट्रम्पकै सहमतिमा आएको अनुमान गरिएको छ।

यद्यपि, रिपब्लिकन पार्टीले चुनावमा भारी क्षति व्यहोरेपछि र नेताहरू भावी दिशा तय गर्न छलफलमा जुटेको यो संवेदनशील समयमा उपरास्ट्रपतिको यस दाबीले उनलाई ट्रम्पको निर्णयप्रक्रियाबाट टाढा राखेको देखाउँछ।

सामाजिक सञ्जालमा भान्सले ट्रम्पका समर्थक धेरै मतदाताहरू मंगलबार डेमोक्रेटिक उम्मेदवारहरूतर्फ आकर्षित हुनुका पछाडि इरान युद्ध, महँगी र इजरायलसँगको सम्बन्धमा परिवर्तन ल्याउने चाहना मुख्य कारण रहेको उल्लेख गरेका छन्।

तर, भान्सको यो विचार ट्रम्पको धारणासँग बाझिएको छ। ट्रम्पले इरान युद्धको बचाउ गर्दै आएका छन् भने महँगीको चिन्तालाई “भ्रामक” भन्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग आफ्नो निकट सम्बन्ध कायमै राखेका छन्।

सम्बन्धित व्यक्तिहरूका अनुसार, भान्सले आफ्नो सन्देश पोस्ट गर्नुअघि राष्ट्रपति ट्रम्पलाई देखाएका थिए र त्यसमा सकारात्मक प्रतिक्रिया पाएका थिए। त्यसको केही घण्टापछि, ट्रम्पले सञ्चारकर्मीहरूसँग उपराष्ट्रपति भान्सको मूल्याङ्कन “धेरै हदसम्म सही” रहेको स्वीकार गरे। तर पनि ट्रम्पले इरानमा आक्रमण गर्नुको विकल्प नभएको भन्दै युद्धको बचाउ जारी राखे। ह्वाइट हाउसको बलरूम निर्माणस्थलको अवलोकनका क्रममा ट्रम्पले भने, “यदि मैले फेरि यो निर्णय लिनुपरेमा, म फेरि पनि त्यही गर्नेछैन।”

राष्ट्रपति ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि भन्सको सन्देश सेयर गर्दै लेखेका छन्, “यसमा लेखिएका प्रत्येक शब्द १०० प्रतिशत सही छन्।

उपराष्ट्रपति बनेदेखि भान्सलाई ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानको स्वाभाविक उत्तराधिकारी र भावी राष्ट्रपतिका रूपमा हेरिएको थियो। तर मंगलबारको परिणामपछि रिपब्लिकन पार्टीले आफ्नो भावी दिशा पुनर्विचार गर्न थालेको छ। भान्सको पछिल्लो वक्तव्यले उनी आफ्नो राजनीतिक भविष्यका लागि ट्रम्पबाट आफूलाई अलग राख्न तयार रहेको सङ्केत गर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले भान्सलाई आफ्नो उत्तराधिकारीका रूपमा औपचारिक समर्थन गर्न अस्वीकार गर्दै भान्सले सम्भवतः राष्ट्रपति चुनाव नलड्न पनि सक्ने टिप्पणी गरेका छन्। उनले भने, “सायद उनी चुनाव लड्ने छैनन्, कसले चुनाव लड्छ भन्ने मलाई थाहा छैन।”

भान्सका सहयोगीहरूले भने उपराष्ट्रपतिले राष्ट्रपतिको उम्मेदवारीबारे निर्णय गर्न हतार नगरेको र आउँदो वर्षसम्म कुनै निर्णय नलिने बताएका छन्।

केही रिपब्लिकन रणनीतिकारहरूले नीतिगत विचार प्रस्तुत गर्नुको सट्टा राजनीतिक विश्लेषण दिएकोमा भान्सको आलोचना गरेका छन्। पूर्वउपराष्ट्रपति माइक पेन्सका पूर्वप्रमुख सल्लाहकार मार्क सोर्टले भने, “धेरै अमेरिकीहरू उपरास्ट्रपतिको चुनाव विश्लेषण सुन्न उत्सुक छैनन्। यदि मलाई राजनीतिक विश्लेषण चाहिएको भए म प्राध्यापक वा विश्लेषककहाँ जान्थेँ। उहाँले महँगी नियन्त्रण गर्ने उपायबारे किन बोल्नुभएन?”

स्रोतका अनुसार, ट्रम्पबाट टाढा हुन खोज्दा भेन्स “दुवैतर्फ घाटा हुने” अवस्थामा पुगेका छन्। उनले भने, “जोखिम के छ भने राष्ट्रपतिले यसको विरोध गरेमा उहाँले आफ्नो मुख्य समर्थक गुमाउनुहुनेछ। यदि राष्ट्रपतिले विरोध नगरे पनि, उहाँको विरोध गर्नेहरूलाई भान्सले आकर्षित गर्न सक्नुहुनेछैन।”

इरान युद्धले ट्रम्पको गठबन्धनमा विभाजन ल्याएको छ र भान्सको राजनीतिक भविष्यलाई पनि जटिल बनाएको छ। कुनै समय ट्रम्पका कडा आलोचक रहेका भान्सले सन् २०२३ मा द वाल स्ट्रिट जर्नलमा लेख लेख्दै ट्रम्पले अमेरिकालाई कुनै पनि विदेशी युद्धमा नहोम्ने तर्कसहित समर्थन जनाएका थिए।

तर इरान युद्ध सुरु हुनुअघि भान्सले निजी रूपमा असहमति जनाउँदै अर्को विदेशी युद्धमा फस्नेबारे चिन्ता व्यक्त गरेका थिए। सार्वजनिक रूपमा भने उनले ट्रम्पलाई समर्थन गरे र युद्ध अन्त्य गर्ने वार्तामा नेतृत्वदायी भूमिका खेले। उनले गत अप्रिलमा इरानीहरूसँग भेट्न पाकिस्तानको भ्रमण गरे पनि सहमति हुन सकेको थिएन। पछिल्ला हप्ताहरूमा पनि उनले ठूलो सैन्य मुठभेड रोक्न पुनः पहल गरिरहेका थिए।

ट्रम्पको गठबन्धनमा आएको यो दरारका कारण रिपब्लिकन पार्टीले देशभर र भान्सको गृहराज्य ओहायोमा समेत भारी पराजय व्यहोरेको छ। रिपब्लिकनहरूले गुमाएका सिटहरूमध्ये भान्सले उपराष्ट्रपति बन्नुअघि खाली गरेको ओहायोको सेनेट सिट पनि रहेको छ। उक्त सिटमा नियुक्त भएका रिपब्लिकन सेनेटर जोन हस्टेड विशेष निर्वाचनमा डेमोक्रेट उम्मेदवार पूर्वसेनेटर शेरोड ब्राउनसँग पराजित भएका छन्। यस्तै, भान्सका धेरै सहयोगीहरूले समर्थन गरेका रिपब्लिकन उम्मेदवार विवेक रामास्वामी पनि गभर्नरको चुनावमा पराजित भएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com