राष्ट्रसंघमा महिला दिवस, एड्वानबाट डा. बिष्णुमाया सहभागी


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

अन्तर्राष्ट्रिय महिला दिवस २०१७ संयुक्त राष्ट्रसंघमा एक कार्यक्रम गरी मनाइएको छ । विहान १० बजेदेखि साढे १२ बजेसम्म राष्ट्रसंघ मुख्यालयमा युएन वुमनले आयोजना गरेको कार्यक्रममा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले शुभकामना सन्देश दिएका थिए ।

विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा एड्वानका तर्फबाट डाक्टर बिष्णुमाया परियारले सहभागिता जनाएकी थिइन् । कार्यक्रममा महिला अधिकार र शशक्तिकरणका पक्षमा आवाज उठाइएको थियो ।

संयुक्त राष्ट्रसंघको युएन वुमन अन्तरगत कमिसन अफ स्टेटस अफ वुमनमा योजना समितिमा आबद्ध डा. परियारले कार्यक्रममा सहभागी भएर महिला शशक्तिरण र अधिकारका पक्षमा समर्थन जनाउन सकेकोमा आफूलाई खुशी लागेको बताइन् ।

कमिसन अफ स्टेटस अफ वुमनमा एकजनामात्र नेपाली महिला डा. परियार आवद्ध छिन् । सीएसडब्लुको कार्यक्रम आगामी मार्च १३ देखि २४ सम्म न्युयोर्कमा हुन गइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com