बजेटमा नेपालीका हकहित समेट्न न्युजर्सीका गभर्नरलाई बिष्णुमायाको सुझाव


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

अमेरिकामा चर्चित नेपाली सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियारले न्युजर्सी राज्यको बजेटमा नेपाली समुदायका हकहितका विषय समेट्न राज्यका गभर्नरलाई सुझाव दिनुभएको छ । उहाँले न्युजर्सीका गभर्नर फिल मर्फीलाई न्युजर्सी राज्यमा बस्ने नेपाली समुदायलाई राज्यको बजेटले कसरी समेट्न सक्छ भन्ने विषयमा सुझाव दिनुभएको हो ।

सुझावका लागि गभर्नर मर्फीले नेपाली समुदायका तर्फबाट जर्सी सिटी शहरका मेयर स्टेभन फुलपकी सल्लाहकार डा. बिष्णुमाया परियारलाई निमन्त्रणा गरेका थिए । छलफलमा अन्य समुदायका सामाजिक अगुवाहरुको पनि प्रतिनिधित्व रहेको थियो । गभर्नर अफिसले न्युजर्सीमा रहेका आप्रवासी समुदायलाई बजेटमार्फत कसरी समेट्न सकिन्छ भन्ने सन्दर्भमा सुझावका लागि निमन्त्रणा दिएको थियो ।

गभर्नर मर्फीले न्युजर्सीको अमेरिकी डलर ३७.४ बिलियन डलर बजेटबाट स्थानीय कम्युनिटीको आवश्यकता अनुसार कसरी खर्च गर्न सकिन्छ भनेर समाजका अगुवाहरुसँग छलफल गरेका हुन् । छलफलमा मर्सर कम्यूनिटी कलेजकी प्रेसिडेण्ट जियानपिङ वाङ, ब्याङ्कर कृस्टिन बृजलाल, ब्याबसायी बबी पटेल, अमेरिकी एयर फोर्सका लेफ्टिनेण्ट कर्नेल मुकेश एन रोय, वकिल शर्मिला जाइपर्शाउद लगायत अन्य स्थानीय कम्युनिटी लिडरहरु सहभागी थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com