साढे ३३ किलो सुन तस्करीको पर्दा खोल्ने अभियुक्त टेकराजको ठकुरीको बयान


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

साढे ३३ किलो सुनो सुन तस्करीको रहस्य खुल्दै गएको छ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा बयान लिन सुरु गरिएको छ ।

अभियुक्त टेकराजको ठकुरीले दिएको बयान

मेरो घर काभ्रेपलान्चोक जिल्लाको देउपुर मन्डन गाउँपालिका–१२ मा पर्छ । ०६२ सालतिर काठमाडौँ आएर नयाँबजारमा रहेको काकाको घरमा बस्न थालेँ । दुई–तीन महिना रोजगारीविना बसेपछि कामको खोजीमा लागेँ । जे काम पाइन्छ, त्यही गर्न थालेँ । सोही क्रममा न्युरोडस्थित एक मलमा पार्किङ शुल्क उठाउने काम पाएँ । यस्तै क्रममा मेरो एक जना नजिककै सुनको पसल रहेको बेनु श्रेष्ठसँग चिनजान भयो । उसको सुन पसल रहेछ ।

सुन पसलमा काम गर्ने क्रममा गोरे भन्ने चुडामणी उप्रेती बेनुमार्फत चिनजान भयो र गोरेसँग काम गर्न सुरु गरे । एक दिन गोरे र बेनु श्रेष्ठको कुराकानी ठकुरीले सुने । गोरेले श्रेष्ठसँग भनेका थिए, ‘यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुमा विदेश जान नमानेको तर श्रेष्ठले पटकपटक ‘जाऊ राम्रो कमाइ हुन्छ’ भनेर फकाएको उनले बताएका छन् । तिमीलाई पनि राम्रो कमाइ हुन्छ भनेपछि म रेडी भएँ,’ उनले बयानमा भनेका छन् । दुबई जान राजी भएपछ श्रेष्ठले उनलाई गोरेकहाँ पठाए । तीनकुनेमा गोरे र मल्लको भेट भयो । तीनकुनेमा देख्दा गोरेले आफूलाई तलदेखि माथिसम्म हेरेको र एक पटक फनक्क घुम्न लगाएको बयान दिएका छन् ।

एक दिन उनले बेनु श्रेष्ठसँग मलाई सङ्केत गरेर केटोलाई हाम्रो काममा लगाउनुपर्छ भने । बेनुले मलाई विदेश जान प्रस्ताव गरिन् । विभिन्न प्रलोभन देखाइन् । म उनको कुरामा फसेँ । तीन महिनापछि ५–७ जनाको समूहमा मलाई दुबई पठाइयो । दुबई एयरपोर्टमा सञ्जय खरेल लिन आए । उनले नजिकैको कोठामा पु‍९याए । केही बेरमा गोरे पनि त्यहीँ आयो । र, लगत्तै निक्लिहाल्यो ।

१५ दिनपछि गोरेको खबर आयो ल तँ नेपाल फर्की । उनी फर्किने तरखर गर्दै थिए, शिवानी खरेल नामकी एक युवती आइन् । उनले साथमा झोला पनि बोकेर ल्याएकी थिइन् । उनैले मल्ललाई दुबई एयरपोर्टदेखि नेपालको विमानस्थलसम्म आउँदा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने सिकाइन् । ‘तैँले बोकेको झोलामा ४ किलो सुन छ, नेपालको एयरपोर्ट पुगेपछि टिजी भन्ने सानु बनलाई दिनु भनिन्।,’ उनको बयानमा भनेका छन् ।

सुरुमा मल्लसँगै शिवानी पनि आएकी थिइन् । विमानस्थलबाट उनलाई थाहै नदिई बाहिर निस्किइन् । विमानस्थलमा चेकजाँच हुनुअघि नै विमानस्थलका कर्मचारी सानु बनलाई ठकुरीले चार किलो सुन बुझाएका थिए । झन्डै १० वर्ष अघि ४ किलो सुन नेपाल भित्र्याएर ठकुरीले तस्करी थालेका थिए । त्योबापत् उनले ६० हजार रुपैयाँ पाए । ठकुरीले बयानमा भनेका छन्, ‘एरपोर्टबाट कोठामा आएँ, दिउँसो साहुजी बेनु श्रेष्ठले मलाई फोन गरी पैसा लिन बोलाए । ६० हजार रुपैयाँ दिए । र फेरि पनि जानुपर्छ है भने ।’

३ दिनपछि सुन बोक्न ठकुरी फेरि दुबई गए । यसपालि उनी एक्लै थिए । बेनु श्रेष्ठले जसोजसो भनेका थिए त्यसै गरे । दुबईमा गोरेलाई भेटे । १५ दिन त्यहीँ बसे । पछि गोरेले उनलाई ५ किलो सुनको झोला दिए । गोरेले नै उनलाई दुबईको विमानस्थलसम्म र्पुयाइदिए । त्रिभुवन विमानस्थलमा आइपुगेपछि मल्लले झोला जाँच हुनुअघि सानु बनलाई नै दिए । ‘त्यसपछि पनि उनीहरूले भने बमोजिम कहिले ७, कहिले ८ किलो बोक्दै ल्याउँथेँ, एक पटक १६ किलो पनि ल्याएको थिएँ,’ उनले बयानमा भनेका छन् ।

केही समयपछि बेनु श्रेष्ठ र गोरेको ‘पाटनरसिप’ छुट्यो । ठकुरी गोरेसँग काम गर्न थाले । काम गर्दै जाँदा उनले मलाई एकदमै विश्वासिलो पात्र मानेर गाडीमा लिएर हिँड्ने, उसैको गाडी चलाउन दिने गर्थे । चाहिएको पैसा पनि दिन्थे,’ ठकुरीले भनेका छन् ।

साढे ३३ केजी सुन काण्डको बयान

गत माघ ९ मा रोहित आचार्य र मैले दुबईबाट साढे ३३ केजी सुन ल्यायौँ । सो सुन सदाझैँ सानु बनलाई जिम्मा लगायौँ । बेलुका हामीले ल्याएको सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटियो भन्ने जानकारी आयो । हामीले तत्कालै गोरेलाई जानकारी गरायौँ । सानु र एलबीलाई बोलाएर सोधपुछ गर्‍यौँ ।

सुन हराएको खबर भारतमा रहेका गोरेलाई जानकारी उनले गराए । उनैले भने बमोजिम चारै जना २ वटा गाडीमा सुन खोज्न एयरपोर्ट पुगे । सानु बन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गरे । सानुले दुइटा मोटरसाइकलमा आएका ४ जना अपरिचितले अनामनगरबाट सुन लुटेको बताए ।

उनीहरूसँग काम गर्ने मोहन काफ्ले, सनम शाक्य, रूस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की घर गएका थिए । भविन राईले तिनीहरूलाई फोन गरेर बोलाए । मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की भोलिपल्ट बिहान काठमाडौँ आइपुगे । रुस्तम मियाँ र सनम शाक्य पनि छुट्टाछुट्टै समयमा काठमाडौँ आए । सबैलाई बोलाएर सोधिखोजि गरियो तर सुन फेला परेन ।

६ र ७ दिनपछि गोरे भारतबाट आए । सबैलाई जम्मा पारेर कसरी सुन लुटियो भनी सोधपुछ गरे । काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुकबहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एलबी मगर, सानु बन, बालकृष्ण खत्रीलाई गोरेले सिन्धुलीको खनियाँ खर्क पुर्‍याए । सोधपुछबाट भुर्जुन भोटेले साढे ३३ किलो सुन लगेको छ भन्ने निष्कर्ष निक्लियो । सबै काठमाडौँ फर्के । भुर्जुन भोटेको खोजिबन हुँदै थियो सानु बन परिवारसहित गायब भए ।

‘महाशाखाबाट प्रहरीको टोली आइपुगेपछि तँलाई भेटेर सबै कुरा उनीहरूले नै मिलाउँछन् । तैँले चिन्ता लिनु पर्दैन । तँलाई जसरी पनि अदालतबाट निकाल्ने काम मेरो हो,’ त्यही बेला सनम शाक्यको बिहे छ भनेर गोरेसँग बिदा भए । भोलिपल्ट २० किलो सुन प्रहरीले एयरपोर्टबाट समातेको खबर आयो ।

गोरेले सुन प्रहरीले समात्यो सबै जना सेभ बस्नु भने । सुन फेला परेको हल्लामात्रै रहेछ भन्ने थाहा पाएपछि फेरि उनीहरूले सानु बनलाई खोज्न थाले । ‘सानु वनको टिममा एयरपोर्ट भित्रका कर्मचारी तक्ले, एलबी मगर, बालकृष्ण खत्रीलाई सोधपुछ गर्न थाल्यौँ,’ मल्लले बयानमा भनेका छन्, ‘सानु बन गायब भएको ४ दिनपछि एयरपोर्टमै रहेको कुरा थाहा भयो । म, गोरे, लाक्पा शेर्पा, भविन राई, रोहित आचार्यलगायत एयरपोर्टको गेटबाहिर बस्यौँ ।’

सानु बनलाई बोलाउन एलबी मगरलाई एयरपोट्भित्र पठाइयो । मगरले सानु बन बाहिर नआउने भने । सानु बनलाई बोलाउन मगर फेरि गए । तर पनि बन आएनन् । केही मिनेटपछि नेपाल आयल निगमको ट्याङकरले किचेर सानु वनको मृत्यु भयो भन्ने खबर आयो ।

सानु वनको ट्याङकरले किचेर मृत्यु भएपछि गोरे, रुस्तम मियाँ, लाक्पा शेर्पा, दावा शेर्पा, रोहित आचार्य र भोजराज भण्डारी कोही ट्याक्सीमा र कोही नाइट बसमा पूर्वतर्फ हानिए । उनीहरू पूर्व्तिर आएकोे मोहन काफ्ले र सनम शाक्यले थाहा पाए । उनीहरू भागेर आसामतिर गए । यो कुरा थाहा पाएपछि गोरेले उनीहरूको परिवारलाई कहाँ छ बोलाऊ भनेर दबाब दिए । परिवारलाई दबाब दिएको थाहा पाएपछि उनीहरू गोरेको सम्पर्कमा आए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com