साढे ३३ किलो सुन तस्करीको पर्दा खोल्ने अभियुक्त टेकराजको ठकुरीको बयान
प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार
साढे ३३ किलो सुनो सुन तस्करीको रहस्य खुल्दै गएको छ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा बयान लिन सुरु गरिएको छ ।
अभियुक्त टेकराजको ठकुरीले दिएको बयान
मेरो घर काभ्रेपलान्चोक जिल्लाको देउपुर मन्डन गाउँपालिका–१२ मा पर्छ । ०६२ सालतिर काठमाडौँ आएर नयाँबजारमा रहेको काकाको घरमा बस्न थालेँ । दुई–तीन महिना रोजगारीविना बसेपछि कामको खोजीमा लागेँ । जे काम पाइन्छ, त्यही गर्न थालेँ । सोही क्रममा न्युरोडस्थित एक मलमा पार्किङ शुल्क उठाउने काम पाएँ । यस्तै क्रममा मेरो एक जना नजिककै सुनको पसल रहेको बेनु श्रेष्ठसँग चिनजान भयो । उसको सुन पसल रहेछ ।
सुन पसलमा काम गर्ने क्रममा गोरे भन्ने चुडामणी उप्रेती बेनुमार्फत चिनजान भयो र गोरेसँग काम गर्न सुरु गरे । एक दिन गोरे र बेनु श्रेष्ठको कुराकानी ठकुरीले सुने । गोरेले श्रेष्ठसँग भनेका थिए, ‘यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ ।’
सुरुमा विदेश जान नमानेको तर श्रेष्ठले पटकपटक ‘जाऊ राम्रो कमाइ हुन्छ’ भनेर फकाएको उनले बताएका छन् । तिमीलाई पनि राम्रो कमाइ हुन्छ भनेपछि म रेडी भएँ,’ उनले बयानमा भनेका छन् । दुबई जान राजी भएपछ श्रेष्ठले उनलाई गोरेकहाँ पठाए । तीनकुनेमा गोरे र मल्लको भेट भयो । तीनकुनेमा देख्दा गोरेले आफूलाई तलदेखि माथिसम्म हेरेको र एक पटक फनक्क घुम्न लगाएको बयान दिएका छन् ।
एक दिन उनले बेनु श्रेष्ठसँग मलाई सङ्केत गरेर केटोलाई हाम्रो काममा लगाउनुपर्छ भने । बेनुले मलाई विदेश जान प्रस्ताव गरिन् । विभिन्न प्रलोभन देखाइन् । म उनको कुरामा फसेँ । तीन महिनापछि ५–७ जनाको समूहमा मलाई दुबई पठाइयो । दुबई एयरपोर्टमा सञ्जय खरेल लिन आए । उनले नजिकैको कोठामा पु९याए । केही बेरमा गोरे पनि त्यहीँ आयो । र, लगत्तै निक्लिहाल्यो ।
१५ दिनपछि गोरेको खबर आयो ल तँ नेपाल फर्की । उनी फर्किने तरखर गर्दै थिए, शिवानी खरेल नामकी एक युवती आइन् । उनले साथमा झोला पनि बोकेर ल्याएकी थिइन् । उनैले मल्ललाई दुबई एयरपोर्टदेखि नेपालको विमानस्थलसम्म आउँदा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने सिकाइन् । ‘तैँले बोकेको झोलामा ४ किलो सुन छ, नेपालको एयरपोर्ट पुगेपछि टिजी भन्ने सानु बनलाई दिनु भनिन्।,’ उनको बयानमा भनेका छन् ।
सुरुमा मल्लसँगै शिवानी पनि आएकी थिइन् । विमानस्थलबाट उनलाई थाहै नदिई बाहिर निस्किइन् । विमानस्थलमा चेकजाँच हुनुअघि नै विमानस्थलका कर्मचारी सानु बनलाई ठकुरीले चार किलो सुन बुझाएका थिए । झन्डै १० वर्ष अघि ४ किलो सुन नेपाल भित्र्याएर ठकुरीले तस्करी थालेका थिए । त्योबापत् उनले ६० हजार रुपैयाँ पाए । ठकुरीले बयानमा भनेका छन्, ‘एरपोर्टबाट कोठामा आएँ, दिउँसो साहुजी बेनु श्रेष्ठले मलाई फोन गरी पैसा लिन बोलाए । ६० हजार रुपैयाँ दिए । र फेरि पनि जानुपर्छ है भने ।’
३ दिनपछि सुन बोक्न ठकुरी फेरि दुबई गए । यसपालि उनी एक्लै थिए । बेनु श्रेष्ठले जसोजसो भनेका थिए त्यसै गरे । दुबईमा गोरेलाई भेटे । १५ दिन त्यहीँ बसे । पछि गोरेले उनलाई ५ किलो सुनको झोला दिए । गोरेले नै उनलाई दुबईको विमानस्थलसम्म र्पुयाइदिए । त्रिभुवन विमानस्थलमा आइपुगेपछि मल्लले झोला जाँच हुनुअघि सानु बनलाई नै दिए । ‘त्यसपछि पनि उनीहरूले भने बमोजिम कहिले ७, कहिले ८ किलो बोक्दै ल्याउँथेँ, एक पटक १६ किलो पनि ल्याएको थिएँ,’ उनले बयानमा भनेका छन् ।
केही समयपछि बेनु श्रेष्ठ र गोरेको ‘पाटनरसिप’ छुट्यो । ठकुरी गोरेसँग काम गर्न थाले । काम गर्दै जाँदा उनले मलाई एकदमै विश्वासिलो पात्र मानेर गाडीमा लिएर हिँड्ने, उसैको गाडी चलाउन दिने गर्थे । चाहिएको पैसा पनि दिन्थे,’ ठकुरीले भनेका छन् ।
साढे ३३ केजी सुन काण्डको बयान
गत माघ ९ मा रोहित आचार्य र मैले दुबईबाट साढे ३३ केजी सुन ल्यायौँ । सो सुन सदाझैँ सानु बनलाई जिम्मा लगायौँ । बेलुका हामीले ल्याएको सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटियो भन्ने जानकारी आयो । हामीले तत्कालै गोरेलाई जानकारी गरायौँ । सानु र एलबीलाई बोलाएर सोधपुछ गर्यौँ ।
सुन हराएको खबर भारतमा रहेका गोरेलाई जानकारी उनले गराए । उनैले भने बमोजिम चारै जना २ वटा गाडीमा सुन खोज्न एयरपोर्ट पुगे । सानु बन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गरे । सानुले दुइटा मोटरसाइकलमा आएका ४ जना अपरिचितले अनामनगरबाट सुन लुटेको बताए ।
उनीहरूसँग काम गर्ने मोहन काफ्ले, सनम शाक्य, रूस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की घर गएका थिए । भविन राईले तिनीहरूलाई फोन गरेर बोलाए । मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की भोलिपल्ट बिहान काठमाडौँ आइपुगे । रुस्तम मियाँ र सनम शाक्य पनि छुट्टाछुट्टै समयमा काठमाडौँ आए । सबैलाई बोलाएर सोधिखोजि गरियो तर सुन फेला परेन ।
६ र ७ दिनपछि गोरे भारतबाट आए । सबैलाई जम्मा पारेर कसरी सुन लुटियो भनी सोधपुछ गरे । काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुकबहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एलबी मगर, सानु बन, बालकृष्ण खत्रीलाई गोरेले सिन्धुलीको खनियाँ खर्क पुर्याए । सोधपुछबाट भुर्जुन भोटेले साढे ३३ किलो सुन लगेको छ भन्ने निष्कर्ष निक्लियो । सबै काठमाडौँ फर्के । भुर्जुन भोटेको खोजिबन हुँदै थियो सानु बन परिवारसहित गायब भए ।
‘महाशाखाबाट प्रहरीको टोली आइपुगेपछि तँलाई भेटेर सबै कुरा उनीहरूले नै मिलाउँछन् । तैँले चिन्ता लिनु पर्दैन । तँलाई जसरी पनि अदालतबाट निकाल्ने काम मेरो हो,’ त्यही बेला सनम शाक्यको बिहे छ भनेर गोरेसँग बिदा भए । भोलिपल्ट २० किलो सुन प्रहरीले एयरपोर्टबाट समातेको खबर आयो ।
गोरेले सुन प्रहरीले समात्यो सबै जना सेभ बस्नु भने । सुन फेला परेको हल्लामात्रै रहेछ भन्ने थाहा पाएपछि फेरि उनीहरूले सानु बनलाई खोज्न थाले । ‘सानु वनको टिममा एयरपोर्ट भित्रका कर्मचारी तक्ले, एलबी मगर, बालकृष्ण खत्रीलाई सोधपुछ गर्न थाल्यौँ,’ मल्लले बयानमा भनेका छन्, ‘सानु बन गायब भएको ४ दिनपछि एयरपोर्टमै रहेको कुरा थाहा भयो । म, गोरे, लाक्पा शेर्पा, भविन राई, रोहित आचार्यलगायत एयरपोर्टको गेटबाहिर बस्यौँ ।’
सानु बनलाई बोलाउन एलबी मगरलाई एयरपोट्भित्र पठाइयो । मगरले सानु बन बाहिर नआउने भने । सानु बनलाई बोलाउन मगर फेरि गए । तर पनि बन आएनन् । केही मिनेटपछि नेपाल आयल निगमको ट्याङकरले किचेर सानु वनको मृत्यु भयो भन्ने खबर आयो ।
सानु वनको ट्याङकरले किचेर मृत्यु भएपछि गोरे, रुस्तम मियाँ, लाक्पा शेर्पा, दावा शेर्पा, रोहित आचार्य र भोजराज भण्डारी कोही ट्याक्सीमा र कोही नाइट बसमा पूर्वतर्फ हानिए । उनीहरू पूर्व्तिर आएकोे मोहन काफ्ले र सनम शाक्यले थाहा पाए । उनीहरू भागेर आसामतिर गए । यो कुरा थाहा पाएपछि गोरेले उनीहरूको परिवारलाई कहाँ छ बोलाऊ भनेर दबाब दिए । परिवारलाई दबाब दिएको थाहा पाएपछि उनीहरू गोरेको सम्पर्कमा आए ।






