अमेरिकामा कोभिड-कालीन ऋण ठगीविरुद्ध ‘अपरेसन नो डोज’: १६० भन्दा बढी अभियुक्तमाथि २४ करोड ४५ लाख डलरको कारबाही


प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार

Photo: Marek Studzinski/ Unsplash

अमेरिकी जस्टिस डिपार्टमेन्टको राष्ट्रिय ठगी नियन्त्रण महाशाखा, साना व्यवसाय प्रशासन र महानिरीक्षकको कार्यालयले संयुक्त रूपमा ‘अपरेसन नो डोज’मार्फत कोभिड-कालीन ऋण कार्यक्रमहरूमा भएको ठगीविरुद्ध व्यापक कारबाहीको घोषणा गरेका छन्।

मिझौरीको क्यान्सास सिटीमा सम्पन्न ‘हार्टल्यान्ड फ्रड पार्टनरसिप समिट’का क्रममा प्रस्तुत विवरणअनुसार, यस अभियानअन्तर्गत १६० भन्दा बढी अभियुक्तहरू समावेश छन्। यस कारबाहीले अमेरिकी करदाताहरूको करिब २४ करोड ४५ लाख डलर बराबरको सम्भावित क्षति रोक्न सहयोग पुर्‍याएको छ।

 जुन १२ देखि सेप्टेम्बर १ सम्म सञ्चालित अभियानमा ८० जना ठगी अभियुक्तहरूमाथि गम्भीर अभियोग दर्ता गरियो, जसबाट करिब १० करोड डलरको क्षति पुगेको अनुमान छ। करिब ४ करोड ४० लाख डलर ठगीमा संलग्न ४३ अभियुक्तले अदालतमा आफ्नो दोष स्वीकार गरिसकेका छन्।करिब १० करोड डलर क्षतिको मुद्दामा ४० जनालाई अदालतबाट सजाय सुनाइएको छ।

५ करोड ५९ लाख डलरभन्दा बढीको पिपीपी र ईआइडीएल ऋण ठगी अभियोग। नक्कली विवरण र सञ्चालनमा नरहेका कागजी कम्पनीहरू खडा गरी ठगी गरेको आरोप छ।२४ लाख डलर बराबरको ४७० भन्दा बढी नक्कली आवेदन दर्ता गरी ठगी गरेको अभियोग।चिनियाँ सम्बन्ध र ठेगाना लुकाई १० लाख डलरभन्दा बढीको अनुदान तथा लोन ठगी गरेको आरोप।

३ लाख १९ हजार ८०० डलर बराबरको ईआइडीएल अनुदान हिनामिना गरी व्यक्तिगत अचल सम्पत्ति खरिद गरेको र दोष स्वीकार गरेको मुद्दा।पूर्व काउन्टी आयुक्त जसले १५ लाख ७३ हजार डलरभन्दा बढी ठगी गरेको अभियोग लागेपछि हाल फरार छिन्।

अटर्नी जनरल टोड ब्लान्चका अनुसार महामारी राहत साना व्यवसाय जोगाउन ल्याइएको भए पनि ठगहरूले फर्जी विवरण र नक्कली परिचय प्रयोग गरेर रकम दुरुपयोग गरेका थिए। एसबीए प्रशासक केली लोफलरले ३९ अर्ब डलर शंकास्पद कारोबारमा संलग्न ८ लाख ७० हजार बक्यौताकर्ताहरूलाई निलम्बन गरिएको र ठगी गरिएको सरकारी रकम पूर्ण रूपमा असुल गरिने जानकारी दिइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com