अमेरिका आउनलाग्दा मलाई विमानस्थलबाटै फर्काएर १० बर्षे प्रतिबन्ध लगाइयो


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

 

अगस्त १० २०१८ ले मेरो जिन्दगी नै परिवर्तन गरिदियो । मेरो लागी अब अमेरिकामा १० बर्षको लागि प्रतिबन्ध लागेको छ । धेरै सपना बोकेर अमेरिका आएको थिएँ । पढ्छु, डिग्री सिध्याउँछु अनि दुख गरेर सेटल हुन्छु, बाबुआमालाई खुशी राख्छु भनेर । तर यो सब मेरो अब सपना भएको छ ।

अस्ती बल्ल थाहा पाएँ कि मेरो अमेरिकाको जिन्दगी क्षणिक रैछ । मेरो भाग्यमा त्यही लेखेको रैछ । यो खासमा धेरै हल्ला गर्ने कुरा त होइन, तर मैले अरु हरुको लागि भनेपनि मेरो अवस्थाको बयान गर्नु पर्छ, ताकी बाँकीले मेरो जस्तो दुख नपाउन् र मेरो जस्तो अवस्थाबाट गुज्रनु नपरोस् ।

विद्यार्थी भिसामा आउनेका लागि गैरकानुनी उपस्थीतिबारे अमेरिकामा नयाँ नियम

नेपालबाट अमेरिका फर्कने क्रममा अबुधाबी एयरपोर्टमा इमिग्रेशन पास हुन खोज्दा कलेजको को पैसा कसरी तिर्छस् भन्ने प्रश्नले मलाई गाह्रो बनायो । उत्तर त राम्रै दिन खोजेको थिएँ कि बैंकमा घरबाट ट्रान्सफर गर्दिनुहुन्छ भनेर । तर उसलाई त्यही नै शंकाको विषय बन्यो । मेरो बैंक अफ अमेरिकाको एकाउण्ट साइन इन गर्न लगायो । अनि मलाई सेकेण्डरी इन्सपेक्सनका लागि भित्र लग्यो ।

अगस्त ९ पछि अमेरिकामा २० घण्टाभन्दा बढी काम गर्ने विद्यार्थी देशनिकालामा पर्नसक्ने : केशव सेडाईं, कानुन व्यवसायी

त्यहाँ मलाई ८ घण्टासम्म राख्यो । मेरो फोन लियो । ल्यापटप र बाँकी सामान पनि लियो । उस्ले त्यही फोन र ल्यापटपमा लगभग ७ घण्टा बितायो अनुसन्धान गर्दै । मेरो दुर्भाग्यवश ल्यापटपबाट दुईतीनवटा फोटो र मेसेज भेटियो, जुन मैले डिलिट गर्न बिर्सेछु । त्यसैले गर्दा उस्ले मेरो भिसा रद्द गरेर त्यही विमानस्थलबाट फर्काइदियो ।

दुईबर्षमा १५१७ नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे

 

( अमेरिकी अध्यागमनले यही अगस्त ११ मा अबुधाबीको विमानस्थलबाट नेपाल फिर्ता पठाएको थियो । उनले अमेरिकामा विद्यार्थी भिसामा आएर गैरकानुनी रुपमा काम गरेको थाहा पाएपछि विमानस्थलबाटमात्र फर्काइएन । उनलाई अमेरिका प्रवेशमा १० बर्षको प्रतिबन्ध समेत लगाइएको छ । उनले सामाजिक सञ्जालमा पोष्ट गरेको यो अनुभव सामान्य सम्पादनसहित प्रकाशन गरेका छौं ।  )

अगस्त ९ पछि नयाँ नियम : विद्यार्थी भिसामा अमेरिका आउनेलाई सानो गल्तीले देशनिकाला !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com