दुईबर्षमा १५१७ नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

दुईबर्षको अवधिमा १५ सय १७ जना नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विगत तीनबर्षदेखि अमेरिकामा गैरआप्रवासी भिसामा आएर ओभरस्टे हुनेहरुको ट्रयाकिङ रेकर्ड राख्न थालेपनि गतबर्षदेखि ओभरस्टे हुने विद्यार्थीको छुट्टै रेकर्ड राख्न थालेको हो ।

आर्थिक बर्ष २०१७ मा ३५५६ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर अमेरिकाबाट फर्कनुपर्ने थियो । तर त्यसमध्ये ओभरस्टे भइसकेपछि ७८ जना फर्किए । अन्य ७१२ जना विद्यार्थीहरु ओभरस्टे भइसकेपछि पनि अमेरिकामा नै बसे । यसरी कुल ७९० जना नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे हुन पुगे । अमेरिका छाड्नुपर्नेमध्येका कुल २२ दशमलव २२ प्रतिशत नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भए । त्यसमध्ये ओभरस्टे भइसकेपछि अमेरिका छाडेका बाहेक कुल संख्याको २० दशमलव २ प्रतिशत त अमेरिकाभित्र नै बसे, नेपाल फर्केनन् ।

त्यस अगाडि आर्थिक बर्ष २०१६ मा अमेरिकाबाट भिसा सकिएर फर्कनुपर्ने नेपाली विद्यार्थीहरुको कुल संख्या २८७३ रहेको थियो । तर त्यसमध्ये ५२ जना विद्यार्थीहरु अमेरिकामा भिसा सकिएर ओभरस्टे भइसकेपछि अमेरिका छाडेर गए । बाँकी ६७५ जना नेपाली विद्यार्थीहरु अमेरिकामा नै ओभरस्टे भए, फर्केर गएनन् । आर्थिक बर्ष २०१६ मा जम्मा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या ७२७ रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अमेरिकाको भिसा सकिएका कुल नेपाली विद्यार्थीहरुमध्ये २५ दशमलव ३१ प्रतिशत ओभरस्टे भएका थिए । त्यसमा भिसा सकिएपछि फर्कनेहरुको संख्या घटाएर अमेरिकाको भिसा सकिएपछि अमेरिकाभित्रै रहने नेपाली विद्यार्थीहरु २३ दशमलव ५० प्रतिशत रहेका थिए ।

दुईबर्षको अवधिको तुलना गर्दा भने अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या बढेपनि प्रतिशत भने घटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा गैर आप्रवासी भिसामा छिरेर ओभरस्टे हुनेहरुको ट्रयाकिङ गर्नुपर्ने माग तीब्र भएपनि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गैरआप्रवासी भिसामा अमेरिका आएर ओभरस्टे हुनेहरुको ट्रयाकिङ सुरु गरेको थियो । अमेरिका छिरेकाहरुको बारेमा अध्यागमन अधिकारीहरुले पोर्ट अफ इन्ट्रीमा विवरण राख्दै आएपनि अमेरिका छाडेर जानेहरुको बारेमा विस्तृत जानकारी राख्ने प्रणाली विकाश गरिएसँगै विवरण तयार पारिएको हो ।

ओभरस्टे हुनेहरुको बारेमा सही ट्रयाकिङ गर्न नसक्दा अमेरिकी भिसा प्रणालीमा भएको कमजोरीको फाइदा आतंकवादीहरुले लिन सक्ने डर बढिरहदा अमेरिकी सरकारले पर्यटक भिसामा आएर ओभरस्टे हुनेहरुका बारेमा ट्रयाक गर्न थालेको हो । ओभरस्टे हुनेहरुको पहिचान गर्नु राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा, अध्यागमन कानुनको पालनाका सन्दर्भमा महत्वपूर्ण हुने अमेरिकी सरकारले स्पष्ट पारेको छ ।

२० वर्ष अगाडि नै अमेरिकी संसदले अमेरिकामा ओभरस्टे हुनेहरुको बारेमा ट्रयाक गर्ने कानुन पारित गरेपनि अमेरिकी प्रणालीमा रहेको परम्परागत शैलीका कारण भिसा बाँकी छँदै अमेरिका छाड्ने र अमेरिकामा आएर ओभरस्टे हुनेहरुको बारेमा चुस्त दुरुस्त तरिकाले रिपोर्ट राख्न मुस्किल परिरहेको थियो । सेप्टेम्बर ११ को हमला पछि अमेरिकाको सरकारले प्रणालीको विकाशका लागि मिलियन डलर खर्च गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com