मन्त्रिपरिषद बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणसम्बन्धी प्रस्ताव स्वीकृत


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ।

साेमबार राति अबेरसम्म बसेकाे मन्त्रिपरिषद बैठकले वैशाख २८ र २९ गते हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

मन्त्रिपरिषदले कारागारसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली श्रमिक माग गर्दा सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गरेर आउनु पर्ने व्यवस्थासहितको वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ स्वीकृत गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com