गुल्मीकी एक वृद्धाले ९१ वर्षमा नागरिकता लिइन्


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

दुर्गम गाउँको कुरा होईन गुल्मी सदरमुकाम तम्घाससंग जोडिएको गाउँकी एक बृद्धले ९१ वर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि नागरिकता बनाउनका लागि उनी सदरमुकाम तम्घास पहिलो पटक पुगेकी हुन् ।

मुसीकोट नगरपालिका वडा नम्वर ४ , साविकको वडागाउँ गाविस वडा नम्वर १ तल्लो दजाकोटकी ९१वर्षीया बृद्धा चन्द्रदेवी पुनले डाँडाको घाम बन्दै गर्दा नागरिकता बनाएकी छिन् । पुनको जन्म विक्रम सम्वत १९८४ । ०२ । १ गते रहेको छ । उक्त मितिमा जन्मेकी पुनले आईतवार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पहिलो पटक नागरिकता लिएकी हुन् ।

नागरिकता नभए पनि तत्कालीन बडागाउँ गाविसले उनलाई बृद्ध भत्ता खुवाउँदै आएको तर अहिले मुसिकोट नगरपालिकाले नागरिकता विना बृद्ध भत्ता रोक्का गरेपछि उनले अहिले आएर नागरिकता बनाएकी हुन् ।

जीवनमा कहिले पनि विरामी नभएको कारण आफु कहिल्यै पनि सदरमुकाम आउन नपरेको वृद्धा चन्द्रदेवी पुनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले यस अघि ८० वर्ष सम्मकोलाई आफुहरुले नागरिकता दिए पनि पहिलो पटक दिएको यति वढि उमेरका व्यक्तिलाई नागरिकता दिन पाउँदा खुसी लागेको बताउनु भयो ।

दुई वर्ष अघि दजाकोटमा भीषण आगलागी हुँदा बृद्धा पुनसहितका ६० भन्दा बढि घर गोठ जलेर नष्ट भएको थियो । त्यसपछि उनी डाँडाथोकस्थित छोरी वगालेको घरमा बस्दै आएकी छन् । उनिहरुको ध्वस्त घर अझै बन्न सकेको छैन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com