व्यवसायी हडताल नगर्ने भन्ने कागजमा सही गर्दै, छुट्दै


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

यातायात जस्तो अत्यावश्यक सेवामा हडताल गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवसायी छुट्न थालेका छन् ।

अब हडताल नगर्ने शर्तमा उनीहरु छुटेका हुन् । सिन्डिकेटको पक्षमा आन्दोलनका क्रममा पक्राउ परेका, तर अब नियम कानुन अनुसार नै चल्ने सहमति गरेका व्यवसायी रिहा हन थालेका प्रहरीले जनाएको छ ।

देशभरबाट पक्राउ परेकामध्ये ५० जना बिभिन्न ठाउँबाट रिहा भएका प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिनुभयो ।

शुक्रबार सार्वजनिक गाडी नचलाएर आन्दोलनमा उत्रेका एक सय भन्दा धेरै व्यवसायी पक्राउ परेका थिए । तीमध्ये कानुन बमोजिम चल्छु र आइन्दा हडताल गर्दिन भन्नेलाई कागज गराएर रिहा गर्न थालिएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागज गर्न नमान्ने व्यवसायीको बारेमा भने अनुसन्धान गर्ने र कानुन अनुसार कारबाही गर्ने प्रहरी प्रवक्ता नेउपानेले बताउनुभयो । सरकारले अत्यावश्यक सेवा ठप्प पार्नेलाई एक वर्षको कैद सजाय र एक हजार रुपैयाँ जरिवाना हुने बताइसकेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com