आपराधिक कार्यमा संलग्न सांसद निलम्बनमा नपर्ने


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

कुनै सांसद आपराधिक गतिविधिमा भएको अभियोगमा पुर्पक्षका लागि थुनामा गए उनको पद निलम्बन नहुने भएको छ । तर, सेवा, सुविधा र अधिकार प्रयोग गर्न पाउने छैनन् ।

सांसद आपराधिक कार्य गरी पुर्पक्षका लागि थुनामा जाँदा निलम्बन गर्नुको सट्टा सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । गत वर्षसम्म अपराधिक कार्य गर्ने सांसदलाई निलम्बनको व्यवस्था थियो ।

तर, यो पटक कांग्रेस, फोरम र राजपाले विरोध गरे । तीन दलले त अन्तिम फैसला भएको हकमा पनि निलम्बन नहुने व्यवस्था गर्न प्रस्ताव गरेका थिए । तर, अन्तिम फैसला भएको हकमा निलम्बन गर्ने र पूर्वक्षका लागि थुनामा रहेकाहरुलाई सेवा, सुविधा र अधिकार प्रयोग गर्न नदिने सहमति जुटेको छ ।

नैतिक पतन देखिने मुद्दामा फैसला भएकाहरुको भने सांसद पद नै खारेज गर्नु समितिका सभापति कृष्णभक्त पोखरेलले ले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिले विषयगत समिति १० वटा हुने टुंगो लगाएको छ । नियमावली आइतबार बस्ने संसदको बैठकमा पेस हुनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com