समृद्ध नेपाल र सुखी नेपाली नै वर्तमान सरकारको मुख्य लक्ष्यः प्रधानमन्त्री ओली


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

Prime Minister of Nepal KP Sharma Oli addressing the nation at the PM residence in Balwatar, Kathmandu on Sunday November 15, 2015. PM Oli urges agitators to end protests, assures statute amendment, asks India to lift blockade to ease humanitarian crisis. Oli said the government has now realised it was Nepal’s weakness to depend on India only for supplies of essentials. Photo/Skanda Gautam

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा प्रतिक्रियावादीहरुले सत्तामा टिकिरहनका लागि कम्युनिष्टहरु गरिवी बाँड्ने पार्टी रहेको बताउने गरेको दावी गर्नुभएको छ । तर उहाँले आफ्नो सरकारको प्रमुख लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली बनाउनु नै रहेको प्रष्ट पार्नु भएको छ ।

कार्लमाक्र्सको द्धीशतवार्षिकीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि देशका सत्तासिनहरुले बिश्वमा कम्युनिष्टहरुलाई असफल बनाउन माक्र्सवादी सिद्धान्तलाई गरिवी बाड्ने सिद्धान्त भन्दै आरोपित गर्ने गरेको बताउनुभयो ।

नेपालका कम्युनिष्टले माक्र्सवादी बिचार र सिद्धान्तलाई सहि रुपले बुझेकाले अधिनायकवादी भनेर प्रचार गरेको भएपनि सफल रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले माक्र्सवादी सिद्धान्त वैज्ञानिक रहेको बताउनुभएको थियो । तत्कालीन जर्मनका सत्ताधारीहरुले सत्तामा टिकिराख्नका लागि नै माक्र्सलाई बिभिन्न तरिकाले आरोपित गर्दै देश निकाला गर्न समेत सफल भएको भएपनि अन्तत माक्र्स विश्भर नै चर्चित बनेको स्मरण गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com