संघिय समाजवादी फोरमको प्रथम महाधिवेशन २७ माघदेखि जनकपुरमा


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

संघीय समाजवादी फोरमले प्रथम महाधिवेशन २७ माघदेखि २९ सम्म जनकपुरमा गर्ने निर्णय गरेको छ । फोरमको छैटौँ केन्द्रीय समितिको बैठकले शुक्रबार पार्टीको सांगठनिक प्रतिवेदन पारित गर्दै यस्तो निर्णय गरेको हो ।

वैशाख १९ बाट सुरु भएको फोरमको केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन भने पास गरिसकेको छ । राजनीतिक प्रतिवेदनमा सरकारमा सहभागिताको विषयलाई समेटिएको छ ।

सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव रामसहाय प्रसाद यादवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र महासचिव रणध्वज कंदङवाद्धारा प्रस्तुत कार्यसम्पादन प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com