गृहमन्त्री बादलका महान् कामहरू : जुन कामले सधैँ लोकप्रिय बनिराख्ने छन्


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

नेपालका नेताहरु तथा मन्त्रीहरू खालि मिडियाप्रेमी मात्रै देखिन्छन्। ठुला ठुला कुरा गर्ने अनि मिडियामा छाइराख्ने तर काम भने नगर्ने । काम गर्न नसके पनि भाषण चाहिँ दह्रो नै दिन्छन् अधिकांश नेताहरू । तर पछिल्लाे समय गृहमन्त्री रामबहादुर थापा बादलले चुपचाप नै सिहंदरबारमा क्रान्ति गरिराखेका छन् । गृहमन्त्री बादलका पछिल्ला केही निर्णय, जसले उनलार्इ लाेकप्रिय बनाउँदै लगेकाे छ:

सार्वजनिक यातायातकाे सिण्डिकेट अन्त्य

यातायात व्यवस्था विभागले यातायात व्यवसायीको सिण्डिकेटको अप्रेसन सफल पारेका छन् । शुक्रवार यातायात व्यवसायीले बस नचलाएपछि सर्वसाधारण यात्रु सडकमा चलेका सीमित बस, मोटरसाइकलमा लिफ्ट मागेर र पैदल हिँडिरहेका थिए ।

मध्याह्न सम्मपनि सिण्डिकेटधारी यातायात व्यवसायप्रति सरकार मौन बसेको भनेर सामाजिक सञ्जालमा विरोधका स्वरहरू सुनिन थालेका थिए । तर गृहमन्त्रीको आदेशमा सिण्डिकेटको पक्षमा उत्रिएका बस सञ्चालकहरू धमाधम पक्राउ पर्न थाले ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएको थियो । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शुक्रबारै देशभरको यातायात सुचारु गर्न सम्पूर्ण समितिहरूलाई आह्वान गरेका थिए । आज शनिवारबाटै यातायात सेवा सुचारु भइरहेको छ ।

साढे ३३ किलो सुन प्रकरण : लहराे तान्दा पहराे थर्कियाे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गरेर नेपाल ल्याइएको भनिएको साढे ३३ किलो सुन काण्डमा एक जनाको अपहरणपछि हत्या प्रकरणबारे लगभग अन्तिम चरणमा पुगेको पाइन्छ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा बयान भैइरेको छ ।

बढी सार्वजनिक बिदा हुँदा कार्यअवधिका दिन घटेको तथा आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको विश्लेषणसहित गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २२ दिन सार्वजनिक बिदा कटौती गरेको छ ।

यस्तै कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई समेत अन्त्य गर्दै अब त्यस्ता बिदा सम्बन्धित जाति, समुदाय, धर्म या भेग विशेषलाई मात्र दिने निर्णय भएको छ ।

गृहमन्त्री बादलले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाई कार्यक्षमता र वरिष्ठताका आधारमा नियुक्तिका लागि सिफारिस गरेर महानिरीक्षक नियुक्तिमा यसअघि हुँदै आएको विवादको अन्त्य गरी सर्वमान्य निर्णय गराउन सफल भएका छन् ।

यातायात तथा ट्राफिक सुधारका सम्बन्धमा गृहमन्त्रीको अध्यक्षतामा गृह मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव, प्रहरी महानिरीक्षक, काठमाडौँ महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुखलगायत सदस्य रहेको निर्देशन तथा अनुगमन समिति गठन गरेको छ ।

गृहमन्त्रीले सुन्धारा, डिल्लीबजार कारागारमा गत चैत ६ गते तथा नक्खु कारागारको गत चैत ७ गते निरीक्षण गरेका थिए । कारागारको निरीक्षणपछि गृहमन्त्री बादलले कारागारको भौतिक संरचना निकै कमजोर रहेको, बासस्थानको राम्रो व्यवस्था नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको तथा जेललाई यातनागृहका रूपमा नभई सुधारगृहका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै आफूले त्यसका लागि तत्काल पहल गर्ने बताएका छन् ।

गृहमन्त्रीले त्रिभुवन अन्तर्राट्रिय विमानस्थल र त्यहाँ रहेको अध्यागमन कार्यालयमा चैत ७ गते आकस्मिक छड्के निरीक्षण गरेका थिए । सो क्रममा केही कमजोरी भेटिएपछि गृहमन्त्रीले तत्काल त्यसमा सुधार गर्न निर्देशन दिए । त्यस्तै, विमानस्थलको सुरक्षा प्रभावकारी बनाउन विमानस्थल प्रहरीलाई निर्देशन दिए । अध्यागमन सुधारकै क्रममा त्यहाँ रहेका केही कर्मचारीलाई गृहले उपत्यका बाहिरका जिल्लामा काज सरुवा गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com