सिन्डिकेटविरुद्ध जाइलागे साझादेखि अन्नपूर्णसम्म


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले ।

तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका छन् । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिएका छन् ।

सरकारले सहयोगका लागि आग्रह गरेपछि सुरक्षा मागेका कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् ।

साझा, मयूर, अरनिकोलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई केही सहज भएको छ । यद्यपि, चलेका सवारीले यात्रुको माग थेग्न नसक्दा असुविधा झेलिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com