पार्टी एकीकरण अन्तिम चरणमा ः अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएकोे छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय अन्तिम चरण पुगेको अध्यक्ष प्रचण्डले बताउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयोे ।

एकताका विषयमा धेरै विषय मिल्दै गएको र बाँकी रहेका विषयलाई बिहीबार दुई अध्यक्षबीच छलफल गरेर अन्तिम रुप दिने चरणमा पुगेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

बैठकमा उहाँले एकतालाई सबै तहमा मिलाएर लैजानका लागि संगठनलाई सुदृढ गर्नसमेत बैठकमा निर्देशन दिनुभएको थियो । प्रवक्ता भुसालका अनुसार तलैसम्म कमिटीलाई चुस्त बनाउन र पार्टी सदस्य नवीकरणसहित संगठनलाई अध्यावधिक गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com