मनिषा कोईराला भारतको प्रतिष्ठीत चलचित्र पुरस्कारबाट सम्मानित


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

अभिनेत्री मनिषा कोईराला भारतको प्रतिष्ठीत चलचित्र पुरस्कार “दादा साहेब फाल्के अवार्ड २०१८” बाट सम्मानित भएकी छिन् ।

भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई दिइने दादा साहेब फाल्के अवार्ड भारत सरकारले वार्षिक रुपमा दिने प्रतिष्ठित पुरस्कारमध्ये पर्छ।

मनिषा कोइरालाले भारतीय चलचित्र क्षेत्रमा दिएको योगदानको कदरस्वरुप उनलाई मस्ट भर्सटाइल एक्ट्रेस विधामा उक्त पुरस्कार दिइएको हो।

मुम्बईमा आइतबार राति आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । अवार्ड लिएपछि अभिनेत्री मनिषाले आफू गौरवान्वित भएको बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com