अमेरिकी सेनाका पूर्व कमाण्डर बाइडेनका रक्षामन्त्री, उक्त पदमा पुग्ने पहिलो अश्वेत


प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाको केन्द्रीय कमाण्डका पूर्व कमाण्डर लोयड अष्टिनलाई रक्षामन्त्रीका लागि छानेका छन् । अष्टिन रक्षामन्त्री नियुक्त भएमा अमेरिकी रक्षा मन्त्रायलको नेतृत्व गर्ने पहिलो अश्वेत व्यक्ति हुनेछन् ।

जनरल अष्टिनले यसअगाडि अमेरिकी सेनाको सहायक चिफ अफ स्टाफका रुपमा समेत काम गरेका थिए । उनी अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सम्हाल्ने पहिलो अश्वेत कमाण्डर समेत रहेका थिए । उनी केन्द्रीय कमाण्डका १२ औं कमाण्डर थिए । उनी सन् २०१६ मा रिटायर्ड भएका थिए ।

मन्त्रिपरिषद्, सो सरह र ह्वाइट हाउसका उच्च पदमा बाइडेनका १३ रोजाइमा ८ महिला

बाइडेनले आजै स्वास्थ्यमन्त्रीमा हाभिर बसेरालाई रोजेको सार्वजनिक गरिएको थियो । हाल क्यालिफोर्नियाका एटोर्नी जनरल रहेका बसेरा विगतमा हाउसमा अमेरिकी सांसद समेत रहेका थिए ।

सन् २०१३ देखि सन् २०१७ सम्म हाउसको डेमोक्रेटिक ककसका चेयर समेत रहेका बसेराले त्यो अगाडि उक्त कमिटिमा भाइस चेयरका रुपमा काम गरेका थिए । उनी मेक्सिकन बुबाआमाबाट क्यालिफोर्नियाको साक्रामेन्टोमा जन्मिएका थिए ।

६२ बर्षका बसेराले क्यालिफोर्नियामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबिरुद्धका कैयन कानुनी लडाईहरुका कारण चर्चा कमाएका थिए । कमला ह्यारिस सिनेटरमा निर्वाचित भएपछि उनी क्यालिफोर्नियाका एटोर्नी जनरल रहँदै आएका छन् । अब उनी पहिलो ल्याटिनो स्वास्थ्यमन्त्री हुने भएका छन् । बसेराले क्यालिफोर्नियामा पनि पहिलो ल्याटिनो एटोर्नी जनरलका रुपमा इतिहास कायम गरेका थिए ।

बाइडेनले समलिंगी समावेशीकरणमा इतिहास रच्दै, ह्वाइट हाउसका तीन महत्वपूर्ण पदमा समलिंगी

 

नवानिर्वाचित राष्ट्रपति जो बाइडेनले मन्त्रिपरिषद्, सो सरह र ह्वाइट हाउसका अति महत्वपूर्ण पदहरुमा महिला, अश्वेत, ल्याटिनो, समलिंगी र अल्पसंख्यकहरुलाई प्राथमिकता दिएका छन् ।

महामारीबिरुद्ध लड्न बाइडेनबाट ३ महिलासहित ७ जनाको समावेशी टिम घोषणा, जनवरी २० पछि काम थाल्ने

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com