महामारीबिरुद्ध लड्न बाइडेनबाट ३ महिलासहित ७ जनाको समावेशी टिम घोषणा, जनवरी २० पछि काम थाल्ने


प्रकाशित मिति : मंसिर २२, २०७७ सोमबार

महामारीबिरुद्ध लड्न नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले तीनमहिलासहित ७ जनाको टिम घोषणा गरेका छन् । उनीहरुमध्ये दुई पुरुष समेत ल्याटिनो र दक्षिण एसियाली मुलका हुन् ।

बाइडेनले स्वास्थ्यमन्त्री अर्थात् हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरीमा ल्याटिनो मुलका हाभिर बसेरालाई नियुक्त गर्ने घोषणा गरेका छन् भने युएस सर्जन जनरलमा दक्षिण एसियाली मुलका डाक्टर विवेक मूर्तिलाई नियुक्त गर्ने घोषणा गरेका छन् । बसेरा मेक्सिकन मूलका हुन् भने मूर्ति भारतीय मूलका हुन् ।

बाइडेनलाई मूर्तिलाई कोभिड १९ सल्लाहकार बोर्डको को चेयरमा समेत नियुक्त गर्ने भएका छन् । मूर्तिले ओबामा कार्यकालमा समेत अमेरिकाको सर्जन जनरलका रुपमा काम गरेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यस्तै बाइडेनले डाक्टर रोशेल वालेन्स्कीलाई सीडीसीको निर्देशकमा नियुक्त गर्ने भएका छन् । वालेन्स्की अमेरिकाकी चर्चित मेडिकल साइन्टिस्ट हुन् भने मासाचुसेट्स जनरल हस्पिटलमा सरुवा रोग विभागकी प्रमुख समेत हुन् । उनी एचआईभी र एड्स सम्बन्धि विज्ञ समेत हुन् ।

बाइडेनले कोडिभ १९ सल्लाहकार बोर्डको को चेयरमा मर्सेला नुनेज स्मीथलाई नियुक्त गर्ने भएका छन् । कोडिभ १९ सल्लाहकार बोर्डको को चेयरमा तीनजना रहनेछन् ।

डाक्टर एन्थोनी फाउचीलाई भने बाइडेनले राष्ट्रपतिका प्रमुख मेडिकल सल्लाहकारका रुपमा नियुक्त गर्ने भएका छन् । फाउचीले एलर्जी र सरुवा रोग राष्ट्रिय प्रतिष्ठानमा निर्देशकको पदमा समेत निरन्तरता दिनेछन् ।

त्यस्तै बाइडेनले जेफ जियन्टसलाई राष्ट्रपतिका लागि कोभिड १९ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् । उनले ओबामा प्रशासनका बेलामा समेत काम गरेका थिए । त्यस्तै बाइडेनले नाटाली क्वीलियनलाई कोभिड १९ रेस्पोन्सको डेपुटी कोअर्डिनेटरमा नियुक्त गर्ने भएका छन् ।

उच्च तहको यो टिमले कोरोना महामारीबिरुद्ध जुध्न काम गर्नेछ । बाइडेनले आफ्नो स्वास्थ्य टिमको परिचय दिनका लागि मंगलबार कार्यक्रम गर्ने अपेक्षा गरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com