बाइडेनले समलिंगी समावेशीकरणमा इतिहास रच्दै, ह्वाइट हाउसका तीन महत्वपूर्ण पदमा समलिंगी


प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार

उल्लेख्य संख्यामा महिला र अश्वेतहरुलाई उच्च तहमा नियुक्तीका लागि रोजेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले समलिंगी तथा तेश्रो लिंगीहरुलाई पनि उच्च तहहरुमा प्राथमिकता दिएका छन् । समलिंगी तथा तेश्रो लिंगी समावेशीकरणमा पनि बाइडेन प्रशासनले अमेरिकामा नयाँ इतिहास रच्ने देखिएको छ ।

समलिंगी महिला तथा चुनावी अभियानमा नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको चिफ अफ स्टाफका रुपमा काम गरेकी करिन जन पियररलाई ह्वाइट हाउसको डेपुटी प्रेस सेक्रेटरी नियुक्त गरिने भएको छ । उनी समलिंगीमात्र नभएर अश्वेत समेत हुन् ।

मुभअनकी बरिष्ठ सल्लाहकार तथा राष्ट्रिय प्रवक्ता समेत रहेकी करिनले एनबीसी, एमएसएनबीसी लगायतमा विश्लेषककको रुपमा समेत काम गरेकी छिन् । हैटियन आप्रवासी बुबाआमाबाट जन्मिएकी उनी न्युयोर्कको क्वीन्समा हुर्केकी हुन् । उनले कोलम्बिया युनभर्सिटीमा इन्टरनेशनल र पब्लिक अफेयर्समा समेत लेक्चरका रुपमा काम गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै समलिंगी महिला पिली टोबरलाई जो बाइडेनले ह्वाइट हाउसको डेपुटी कम्युनिकेशन डाइरेक्टरमा नियुक्त गर्ने भएका छन् । उनी लामो समयदेखि आप्रवासी अधिकारका क्षेत्रमा काम गर्दै आएकी छिन् भने सिनेटर चक शुमरकी पूर्व सहयोगी समेत हुन् । टोबरले बाइडेनको अभियानमा पनि संचार निर्देशकका रुपमा काम गरेकी थिइन् ।

फ्लोरिडामा जन्मेकी उनी ग्वाटेमालामा हुर्केकी थिइन् । सन् २००४ मा पुन अमेरिका आएकी उनी युनभर्सिटी अफ मायामीबाट जन प्रशासनमा स्नातकोत्तर गरेकी थिइन् । उनी अमेरिकाज भ्वाइसकी उप निर्देशक समेत भएर काम गरेकी थिइन् ।

त्यस्तै समलिंगी पुरुष कार्लोेस एलिफोन्दोलाई जो बाइडेनलाले ह्वाइट हाउसको सोसल सेक्रटेरीमा नियुक्त गर्ने भएका छन् । उनले बाइडेन उपराष्ट्रपति हुँदा पनि बाइडेनको सोसल सेक्रेटरीका रुपमा काम गरेका थिए ।

सन् २००९ देखि सन् २०१७ सम्म उनले ओबामाको विशेष सहयोगीका रुपमा समेत काम गरेका थिए । उनी राजनीतिक कार्यक्रमका योजनाकारका रुपमा परिचित रहेका छन् । उनी टेक्सासमा जन्मे हुर्केका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com