रुस कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको पुटिनको घोषणा


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

रुस कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो मुलुक बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरमा पहिलो भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता समेत भएको जानकारी दिएका हुन् ।

रुसी समाचार संस्था तासका अनुसार पुटिनले आज उच्च अधिकारीहरुसँगको बैठकमा रुस कोरोना भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता गर्ने पहिलो मुलुक भएको बताएका हुन् । उनले स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले यसबारे वृस्तृत सुचना दिने बताएका छन् ।

तासले पुटिनको भनाई उदृत गर्दै भनेको छ, ‘जहाँसम्म मलाई थाहा छ आज विहान विश्वभरमा पहलिोपटक नोबल कोरोना भाइरस विरुद्धको भ्याक्सिन दर्ता भएको छ ।’

तेश्रो चरणको बृहत परीक्षणविनै रसियाले दियो भ्याक्सिन प्रयोगको अनुमति

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब भ्याक्सिन सर्वप्रथम कोरोनाविरुद्धको अग्रिम मोर्चामा रहेका स्वास्थ्यकर्मी, सेना, शिक्षकलगायतमा शुरुमा प्रयोग गरिने पुटिनले बताएका छन् ।

मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएसँगै यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन भएको छ । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरेको थियो । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको थियो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

विश्वकै पहिलो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाएपछि फिलिपिन्सका राष्ट्रपतिको बधाई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com