विश्वकै पहिलो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाएपछि फिलिपिन्सका राष्ट्रपतिको बधाई


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको बताएका छन् ।

उनले यो नै विश्वको पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको दाबी समेत गरेका छन् ।

तेश्रो चरणको बृहत परीक्षणविनै रसियाले दियो भ्याक्सिन प्रयोगको अनुमति

यसैबीच फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोना भाइरसको भ्याक्सिन बनाउने रूसको प्रयासको खुलेर प्रशंसा गरेका छन् ।

उनले भने, “फिलिपिन्स रूसको भ्याक्सिनका साथ खडा छ । र ट्रायल, उत्पादनका साथ आपूर्तिमा पनि सहयोग गर्न इच्छुक छ ।” साथै उनले रुसलाई बधाई समेत दिएका छन् ।

रुसको स्वास्थ्य मन्त्रालयबाट भ्याक्सीनलाई अनुमति मिलेको छ । त्यति मात्रै होइन, राष्ट्रपति पुटिनले कोरोनाको उक्त भ्याक्सीन आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।

रुस कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको पुटिनको घोषणा

भ्याक्सीन मस्कोको गाल्मेल्या इन्स्टीट्यूटले विकाश गरेको हो । मंगलवार रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन सफल भएको बताएको छ । भ्याक्सीन  आमरुपमा अक्टोबरबाट दिन सुरु गरिने रुसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com