तेश्रो चरणको बृहत परीक्षणविनै रसियाले दियो भ्याक्सिन प्रयोगको अनुमति


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

रसियाले प्रारम्भिक चरणको परीक्षण पछि नै तेश्रो चरणको परीक्षण अगाडि नै भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको खुलासा भएको छ । प्रारम्भिक चरणको परीक्षणमा भ्याक्सिनको परिणाम सकात्मक आएपछि रसियाले प्रयोगको अनुमति दिएको हो । तर अन्तर्राष्ट्रिय गाइडलाइन अनुशार तेश्रो चरणको भ्याक्सिनको परीक्षण अनिवार्य रहेको छ ।

अमेरिकाको भ्याक्सिन कम्पनी मोडेर्ना र फाइजरले प्रारम्भिक चरणको परीक्षणमा सफलता पाएपछि तेश्रो चरणमा तीसतीस हजारमा परीक्षण गरिरहेको बेला रसियाले भने यस्तो परीक्षण विना नै भ्याक्सिनको प्रयोगको अनुमति दिएको हो । बेलायतको आष्ट्राजेनेकाले पनि प्रारम्भिक परीक्षणमा सफलतापछि तेश्रो चरणको परीक्षणको चरणमा रहेको छ ।

मान्छेमा परीक्षण सुरु गरिएको दुईमहिनामा नै रसियाले भ्याक्सिनको प्रयोगको अनुमति दिएको हो । आगामी अक्टोबरबाट आमरुपमा भ्याक्सिन दिन सुरु गरिने रसियन अधिकारीहरुले बताएका छन् । तर विज्ञहरुले रसियाले भ्याक्सिनको कामको तीब्रतामा आशंका व्यक्त गरेका छन् ।

विश्वकै पहिलो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाएपछि फिलिपिन्सका राष्ट्रपतिको बधाई

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

भ्याक्सिनको सुरक्षामा सम्झौता हुनसक्ने डरले विश्व स्वास्थ्य संगठनले रसियालाई भ्याक्सिन निर्माणका सन्दर्भमा अन्तर्राष्ट्रिय गाइडलाइन पालना गर्न भनेको थियो । मंगलबार विश्व स्वास्थय संगठनले भ्याक्सिनको रिभ्युबारे रसियन अधिकारीहरुसँग कुराकानी गर्ने जनाएको छ ।

अहिले रसियन भ्याक्सिन विश्व स्वास्थ्य संगठनको सुचीमा रहेका ६ वटा भ्याक्सिनमा सुचीकृत रहेको छैन । रसियन भ्याक्सिनबाहेक अरु ६ भ्याक्सिनहरु बृहत प्रकारको मानवीय परीक्षणमा रहेका छन् । जुन चरणमा झण्डै तीसतीस हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराइन्छ ।

रुस कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको पुटिनको घोषणा

 

रसियन भ्याक्सिन प्रतिरक्षा प्रणालीमा ट्रिगरका लागि रुघाखोकी लाग्ने एडेनोभाइरसको स्ट्रेनलाई लिएर बनाइएको हो । भ्याक्सिनको नाम स्पतनिक भी रहेको छ, जुन विश्वको पहिलो सेटेलाइटको सम्मानमा राखिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com