कोरोना संक्रमित उपचाररत बिरामी चीनमा १४ हजार ७ सय ५३, चीनबाहिर ४६ हजार १ सय ७०


प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार

चीनमा कोरोना संक्रमित उपचाररत बिरामी चीनमा जम्मा १४ हजार ७ सय ५३ मात्र रहेका छन् । चीनमा कुल ८० हजार ७ सय ९७ मा संक्रमण भएकोमा ६२ हजार ८ सय ७४ को सफल उपचार भइसकेको छ ।

चीनको तुलनामा चीनबाहिर उपचाररत कोरोना संक्रमित बिरामीको संख्या बढी पुगेको छ । चीनबाहिर ४६ हजार १ सय ७० संक्रमित उपचाररत रहेका छन् । जसमध्ये सबैभन्दा धेरै इटलीमा १२ हजार ८ सय ३९ रहेका छन् ।

न्युयोर्क सिटीमा संकटकाल, सार्वजनिक यातायात बन्द गर्नसक्ने अधिकार

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ लाख ३४ हजार ५ सय ६० पुगेको छ । जसमध्ये ४ हजार ९ सय ७२ को मृत्यु भइसकेको छ भने ६८ हजार ९ सय ६५ को सफल उपचार भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले उपचार गराइरहेका ६० हजार ६ सय २३ मध्ये ५४ हजार ६ सय २९ को अवस्था सामान्य रहेको छ भने ५ हजार ९ सय ९४ को अवस्था गम्भिर रहेको छ ।

कोरोना त्रास : अमेरिकाका नेपाली व्यवसायी भन्छन् – ‘व्यवसाय बन्द गरौं कि खोलौं अन्यौलमा छौं’

आजमात्र इटलीमा थप २६५१ मा संक्रमण पुष्टी भएको छ भने १८९ को मृत्यु भएको छ । इरानमा पनि आजमात्र १०७५ मा संक्रमण पुष्टी भएको छ भने ७५ जनाको मृत्यु भएको छ ।

चीनमा आज जम्मा थप ४ जनामा संक्रमण पुष्टी भएको छ भने एकजनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com