न्युयोर्क सिटीमा संकटकाल, सार्वजनिक यातायात बन्द गर्नसक्ने अधिकार


प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार

न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजिओले न्युयोर्क सिटीमा संकटकालको घोषणा गरेका छन् । यसअगाडि गत साता न्युयोर्क राज्यमा गभर्नरले संकटकालको घोषणा गरेका थिए ।

बिहिबार न्युयोर्क सिटीमा पनि संकटकालको घोषणा गर्दै ब्लाजिओले कम्तीमा ६ महिनासम्म संकटको सामना गर्नुपर्ने हुनसक्ने बताएका छन् । न्युयोर्कका बारक्ले सेन्टर र म्याडिसन स्क्वायर गार्डेन जस्ता विशाल कार्यक्रमस्थलहरु महिनौं बन्द हुने अनुमान गरिएको छ ।

न्युयोर्क राज्यमा ३२८ मा कोरोना संक्रमण हुँदा न्युयोर्क सिटीमा संक्रमितको संख्या झण्डै एकसय पुगेको छ । एकसाताभित्र न्युयोर्क सिटीभित्रै संक्रमितको संख्या एकहजार पुग्नसक्ने अनुमान मेयर ब्लाजिओले गरेका छन् ।

संकटकालको घोषणा पनि अब न्युयोर्क सिटीलाई कर्फयु लगाउन पाउने अधिकार प्राप्त भएको छ । त्यस्तै सार्वजनिक यातायात बन्द गर्नसक्ने, बिक्रिमूल्य तय गरेर लागु गर्नसक्ने र रक्सीका बिक्रि वितरण बन्द गर्नसक्ने समेत अधिकार प्राप्त भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमामात्र २४ घण्टाको अवधिमा ४२ वटा नयाँ संक्रमण पुष्टी भएको छ भने १७८० जना क्वारेन्टाइनमा रहेका छन् । २९ जनालाई भने अनिवार्य क्वारेन्टाइनमा राखिएको छ ।

न्युयोर्कमा ५ सय भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध

न्युयोर्कमा ५ सय भन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ । कोरोना संक्रमण फैलिदै गएपछि न्युयोर्कमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

आजदेखि लागु हुनेगरी न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले यस्तो घोषणा गरेका हुन् । यो प्रतिबन्ध कम्तीमा एकमहिनाका लागि लागु हुने जनाइएको छ ।

सानासाना भेलाहरुलाई स्वीकृति दिइनेछ तर ५ सय भन्दा कम व्यक्तिका लागि तोकिएका कार्यक्रमस्थलमा क्षमताको आधाभन्दा बढी जम्मा हुन पाइनेछैन । स्कुल, अस्पताल, यातायत लगायतका क्षेत्रमा भने यस्तो प्रतिबन्ध लागुहुनेछैन ।

यस्तो प्रतिबन्धपछि अब न्युयोर्कमा ठूला कार्यक्रमहरु नहुने भएका छन् । साथै न्युयोर्कका ब्रोडवे शोहरु पनि बन्द हुने भएका छन् । ब्रोडवे शोहरु अप्रिल १२ सम्मका लागि बन्द हुने भएका हुन् ।

न्युयोर्क सिटीका कैयन विद्यालयहरु बन्द गरिएका छन् भने अर्को सातादेखि न्युयोर्कका एलिमेन्टरी स्कुलहरु बन्द गरिने भएका छन् ।

न्युयोर्कका मेट म्युजियम, मेट्रोपोलिटन ओपेरा लगायत पनि कोरोना भाइरसका कारण बन्द हुने भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com