कोरोना अपडेट : नेपालसहित १४ देशबाट कतार आउनमा प्रतिबन्ध


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।

यो प्रतिबन्ध मार्च ९ बाट लागु हुने भएको छ । यो प्रतिबन्ध चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेवनान, बंगालादेश, पाकिस्तान, नेपाल, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट कतार आउनेहरुमाथि लगाइएको छ ।

कतारको सरकारले निकालेको वक्तब्यको पूर्ण पाठ

कतार एयरवेजले इटली जाने र इटलीबाट आउने उडानहरु रद्द गरिसकेको छ । कतारमा आइतबार थप तीनजनामा कोरोना संक्रमण पाइएपछि संक्रमितको संख्या १५ पुगेको छ ।

कतारले ती देशहरुबाट अन अराइभल भिसामा आउने, कतारको रेसिडेन्स वा वर्क परमिट हुनेहरु र अस्थायी भिजिटरहरु सबैलाई प्रतिबन्ध लगाएको छ । अर्थात् नेपालबाट कामदार भिसामा आउनेहरु र कतार घुम्न आउनेहरुमात्र नभई त्यहाँको रेसिडेन्स वा वर्क परमिट प्राप्त गरिसकेकाहरु पनि प्रभावित हुनेछन् ।

नेपालसहित १४ देशबाट कतार आउनमा लगाइएको प्रतिबन्ध कामदारदेखि भिजिटरसम्मलाई

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

विश्वभर कोरोना संक्रमणबाट मृतकको संख्या ३ हजार ८ सय ५ पुगेको छ । आज एकैदिनमा थप २ सय ६ को मृत्यु भएको हो ।

यसैबीच कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको छ ।

उनीहरूलाई अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्।

फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी

युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। कोभिड १९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या ३६६ पुगेको छ। आजै थप १३३ को मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com