ग्लोबल भिलेज

चीनको रेस्टुरेन्टमा आगो लाग्दा १८ जनाको मृत्यु

वैशाख ११, चीन । चीनको दक्षिणी शहर यिङ्देमा रहेको एक रेस्टुरेन्टमा आगजनी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार मध्यराति लागेको आगो करिब १ बजे बिहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ। यसैबीच रेस्टुरेन्टमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। ३२ वर्षीय लिउ …

नवनिर्वाचित प्रधानमन्त्रीद्वारा आफूविरूद्ध प्रदर्शनपछि राजिनामा

हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ । “वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले भन्नुभयो । “मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिदैछु ।” प्रतिपक्षी समूहको पहलमा भएको आन्दोलनमा देखिएको आफू विरूद्धको जनप्रदर्शनको …

टोरण्टो सहरमा गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा १० जनाको मृत्यु, १५ जना घाइते

वैशाख ११, काठमाडौं । क्यानाडाको टोरण्टो सहरमा एक व्यक्तिले जथाभावी गाडी चलाई पैदल यात्रुहरुलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको र अरु १५ जना घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले संदिग्ध व्यक्तिलाई पहिचान गरेको छ । उनी २५ वर्षीय एलेक मिनासियाँ रहेको बताइएको छ । उनलाई घटनास्थलको केही टाढा गिरफ्तार गरिएको थियो । नजिकै …

उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन

चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हँुदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् । आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा …

बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीनजना घाइते

वैशाख १०, वासिङ्टनः अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा एक बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा तीन जना घाइते भएका छन्। अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा …

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ । नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक सरकारी कार्यालय अगाडि रहेका समय …

नेपाली समाज अमेरिकाको शुभकामना साँझ भब्यतापुर्वक सम्पन्न

नेपाली समाज अमेरिकाद्धारा कनेक्टिकटको न्यू हेभनमा आयोजित,नवबर्ष २०७५ को शुभकामना आदनप्रदान तथा विबिध सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै ब्रानफोर्ड शहरका मेयर जेमी कोसग्रोभले नेपाली समाजमाजले गरेको प्रगतिको खुलेर प्रसंशा गर्नुभयो । “नेपाली समाज बहुसांस्कृतिक अमेरिकी समाजको एक अभिन्न अंग हो” प्रमुख अतिथि समेत रहेका कोसग्रोभले भने । कार्यक्रमका विशेष अतिथि …

आत्मघाती आक्रमणमा ३१ मृत्यु ५४ घाइते

अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी अरु ५४ जना घाइते भएका छन् । स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित गरी डास्ती बार्चीको क्वाला ए नाजिर क्षेत्रमा विस्फोटन भएको …

विश्वकै ज्येष्ठ वृद्धा रहिनन्

वैशाख ९, विश्वकै सबैभन्दा बढी उमेरकी वृद्धाको निधन भएको छ। शनिबार जापानकी ११७ वर्षीया महिला नाबी तजिमाको निधन भएको जापानी सञ्चार माध्यमले जनाएका छन्। उनको आफ्नै घर किकाइमा निधन भएको जनाइएको छ। उनको निधनपछि जापानकी अर्की महिला ११६ वर्षीया चियो योसहिदा विश्वकै वृद्धा महिला भएकी छन्। विश्वमा धेरै उमेरसम्म बाँच्ने मानिसहरुको सूचीमा जापान पहिलो नम्बरमा …

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ । राष्ट्रपतिको कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले शनिबार एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको बताउनुभएको हो । उहाँले …