२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकी विदेशमन्त्रीसँग चिनियाँ राष्ट्रपतिले भने – ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’

U.S. Secretary of State Antony Blinken, left, talks with Chinese President Xi Jinping at the Great Hall of the People, Friday, April 26, 2024, in Beijing, China. (AP Photo/Mark Schiefelbein, Pool)

चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताएका छन् ।

उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने बताए । एक वर्षभन्दा कम समयमा दोस्रो पटक चीनमा ब्लिङ्केनले राजधानी बेइजिङमा चीनका प्रमुख राजनीज्ञिहरूसँग भेट गरेका छन् । भेटमा अमेरिकी अधिकारीहरूले रुस, ताइवान र व्यापारसहित मतभेदका महत्वपूर्ण क्षेत्रलाई प्रत्यक्षरूपमा उठाउने बताएका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको ग्रेट हल आफ दि पिपुलमा ब्लिङ्केसँग भेट गर्दै राष्ट्रपति सीले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट भएपछि दुवै मुलुकले ‘केही सकारात्मक प्रगति हासिल गरेको’ बताए ।

“दुवै मुलुक साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइन”, उनले भने, “अहिले पनि धेरै मुद्दा छन् जसको समाधान गर्न आवश्यक छ र थप प्रयासहरूका लागि अझै ठाउँछ, अमेरिकाले पनि चीनको विकासप्रति सकारात्मक दृष्टिकोण अपनाउन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।” उनका अनुसार मूलभूत समस्याको समाधान भयो भने सम्बन्ध वास्तवमा स्थिर हुन सक्छ, राम्रो हुन सक्छ र अगाडि बढ्न सक्छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।