बहुसंख्यक अमेरिकनहरु कागजपत्रविहीनलाई सामुहिक देशनिकाला गर्नुपर्ने पक्षमा


प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार

ताजा सर्वेक्षण अनुशार बहुसंख्यक अमेरिकनहरु कागजपत्रविहीनलाई सामुहिक देशनिकालाका पक्षमा देखिएका छन् । ह्यारिस पोलद्वारा गरिएको नयाँ एक्सियोस भाइब्स सर्वेक्षण अनुसार ५१ प्रतिशत अमेरिकनहरु कागजपत्रविहीनलाई अमेरिकाबाट सामुहिक देशनिकाला गर्नुपर्ने पक्षमा देखिएका हुन् ।

यसरी सामुहिक देशनिकालाका पक्षमा रहेका डेमोक्र्याट्सहरु ४२ प्रतिशत रहेका छन् । त्यस्तै ६८ प्रतिशत रिपब्लिकनहरु सामुहिक देशनिकालाका पक्षमा रहेका छन् । मार्चदेखि अप्रिलको बीचमा गरिएको सर्वेक्षमा झण्डै ७ हजार सहभागी थिए । डोनाल्ड ट्रम्प पनि कागजपत्रविहीनलाई सामुहिक देशनिकालाका पक्षमा छन् ।

त्यस्तै ३० प्रतिशत डेमोक्र्याटहरू र ४६ प्रतिशत रिपब्लिकनहरू जन्मसिद्ध नागरिकता समाप्त गनुैपर्ने पक्षमा छन्, जुन संविधानको १४ औं संशोधन अन्तर्गत ग्यारेन्टी गरिएको छ। उनीहरु अमेरिकामा जन्मेको कोही पनि व्यक्ति अमेरिकी नागरिक हुने यो प्रावधानका विपक्षमा देखिएका हुन् । डोनाल्ड ट्रम्प जन्मसिद्ध नागरिकताका विपक्षमा छन् ।

यो सर्वेक्षणले अमेरिकीहरू पूर्व राष्ट्रपति ट्रम्पको कठोर अध्यागमन योजनाहरूका लागि खुला रहेको देखाएको छ । अवैधरुपमा सिमापार गर्ने संख्यामा उल्लेख्य बृद्धिले अमेरिकीहरु कठोर अध्यागमन योजनाको पक्षमा देखिएको विश्लेषण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति जो बाइडेन यो संकटले उनको पुन निर्वाचनलाई खतरामा पार्ने कुरामा सचेत छन् । उनले यसको दोष ट्रम्पमाथि लगाएपनि अध्यागमन संकटका लागि बाइडेन प्रशासन नै दोषी रहेको ३२ प्रतिशतले सर्वेक्षणमा बताएका छन् । लगभग दुई तिहाई अमेरिकीहरूले अवैध आप्रवासन राजनीतिक रूपमा संचालित मिडिया कथा वास्तविक संकट भएको बताएका छन् ।

अमेरिकीहरू सामान्यतया अमेरिकामा जरा गाडेका आप्रवासीहरूलाई देश निकाला गर्न उत्सुक हुँदैनन् तर झण्डै ७ हजार अमेरिकी वयस्कहरूमाझको सर्वेक्षणले अपराध र हिंसाको बढ्दो डरको बीचमा गतिशील परिवर्तन हुनसक्ने देखाएको छ ।

अवैध आप्रवासनका सन्दर्भमा अमेरिकीहरु बढेको अपराध दर, लागूपदार्थ, र हिंसा, करदाताहरूको लागि अतिरिक्त लागत, आतंकवाद र राष्ट्रिय सुरक्षाको जोखिम लगायतका विषयमा चिन्तित भएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा आप्रवासीप्रति अमेरिकीहरूको धारणा र तथ्याङ्कद्वारा स्थापित वास्तविकताबीच भिन्नता पाइएको छ ।

६४ प्रतिशत अमेरिकनहरुले आप्रवासीहरूले करमा तिर्ने भन्दा सरकारी सुविधा र फाइदाहरू बढी पाउने विश्वास गर्छन्, जुन सत्य होइन । त्यस्तै अवैध आप्रवासन अमेरिकी अपराध दर वृद्धिसँग जोडिएको ५६ प्रतिशतको विश्वास छ, यो पनि सत्य होइन ।

कागजपत्रविहीन व्यक्तिहरूद्वारा गरिएक हिंसात्मक अपराधका व्यक्तिगत उदाहरणहरू हेडलाइनहरूमा आउँछन् । तर तथ्याङ्कले कागजात नभएका आप्रवासीहरूले अपराध गर्ने सम्भावना बढी हुने देखाउँदैन ।

सर्वेक्षण अनुशार अमेरिकीहरूले अध्यागमनलाई कानुनी रूपमा समर्थन गरेको पाइएको छ। किनभने ५८ प्रतिशत व्यवस्थित अध्यागमनका लागि कानूनी मार्गहरू विस्तार गर्नुपर्ने पक्षमा छन्भ ने ४६ प्रतिशतले ले शरणार्थीहरूको मुद्दा वैध भएमा उनीहरुलाई संरक्षण प्रदान गरिनुपर्ने बताएका छन् ।

६८ प्रतिशतले अवैध आप्रवासनले समुदायमा ठूलो समस्या निम्त्याउने बताएका छन् भने २७ प्रतिशतले कानुनी अध्यागमनले पनि समुदायमा ठूलो समस्या निम्त्याउने बताएका छन् । ६५ प्रतिशत अमेरिकीहरू अमेरिकाले राम्रो जीवन खोज्ने जो कोहीलाई अवैध रूपमा प्रवेश गर्न नपर्नेगरी कानुनी रूपमा प्रवेश गर्न सजिलो बनाउनु पर्ने पक्षमा देखिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com