आगामी साता न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने


प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार

buildings near body of water landscape photography

आगामी साता न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौषम सेवाले अनुमान गरेको छ । यो सप्ताहन्तपछि न्युयोर्क सिटीको तापक्रममा उल्लेख्यबृद्धि भएर समरकै जस्तो तातो हुने जनाइएको छ ।

न्युयोर्कवासीहरूले सप्ताहन्तमा घमाइलो आकाशका साथमा ७० डिग्री आसपासको सुखद मौषम पाउनेछन् भने हल्का पानी पर्ने सम्भावना पनि रहेको छ । शनिबार ६० डिग्री आसपासमा चिसो हुने भएतापनि आइतबार सम्भावित रातभरको वर्षा पछि न्यानो हुने पूर्वानुमान गरिएको छ ।

सोमबार न्युयोर्कको तापक्रम ८२ डिग्री फरेनहाइट पुग्ने अनुमान गरिएको हो । ८० डिग्री तापक्रम सोमबार पछि घटेपनि आगामी साताभर तापक्रम ७० डिग्रीको हाराहारीमा हुनेछ । जुन न्युयोर्कमा अत्यन्तै राम्रो तापक्रमका रुपमा लिइन्छ । बुधबार तापक्रम ७४ डिग्रीको हाराहारीमा हुनेछ ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com