कति दिनसम्म सटडाउन होला अमेरिकी सरकार ?


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

२० जनवरी सुरु हुनासाथ अमेरिकी सरकार सटडाउन सुरु भएको हो । तर यो कहिलेसम्म जारी रहन्छ अहिले नै भन्न सकिने अवस्था छैन । खर्च विधयेकमा संसदमा सहमति कायम नहुँदासम्म सटडाउन जारी रहने सम्भावना रहेको छ । जतिछिटो खर्च विधयेकमा सहमति जुट्छ, अमेरिकी सरकार त्यती नै छिटो खुल्नेछ ।

डेमोक्र्याटहरुले बाल्यकालमा नै अमेरिका आएका झण्डै ७ लाखलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रममा सहमति नभएसम्म खर्च विधयेकका पक्षमा मतदान नगर्ने बताउदै आएका छन् । तर रिपब्लिकनहरुले सरकार नखुलेसम्म वा खर्च विधयेक पारित नभएसम्म कुनै सहमति नगर्ने बताउदै आएका छन् ।

शनिबार दिनभर रिपब्लिकन र डेमोक्र्याटहरुले एक अर्कालाई आरोप लगाउदैमा समय बिताए, बेलुकासम्म कुनै सहमति कायम हुन सकेन । त्यो भन्दा अगाडि कुनै सहमति कायम नभएमा आगामी सोमबार दिउसो १ बजे सिनेटमा एउटा विधयेकमा मतदान हुने जनाइएको छ, जुन अस्थायी खर्च विधयेकले आगामी फरबरी ८ देखि सरकारलाई फण्ड उपलब्ध गराउनेछ । यो विधयेक पारित भएमा फरबरी ८ देखि सरकार खुल्नेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com