धादिङमा सवारी दुर्घटनामा ४१ घाइते, राजमार्ग अवरुद्ध


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १ धादिङ– धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् ।

टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरीत दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com