शताब्दीकै लामो चन्द्रग्रहण (फोटोफिचर)


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हिजो (शुक्रबार) राति नेपालसहित संसारका धेरै देशमा देखिएको छ ।
हिजो लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
नेपाली समयअनुसार राति १२ बजेर ९ मिनेटमा सुरु भएको ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाकेको थियो । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देखेका थिए । त्यसपछि ग्रहण क्रमशः कम हुँदै गएर राति ४ बजेर ४ मिनेटमा सकिएको थियो ।
चन्द्रग्रहण सुरु भएपछि पहिले कालो हुँदै बिस्तारै रातो भएको थियो । त्यसैले यसलाई ‘ब्लड मून’ पनि भनिन्छ । नासाले अनुसार यो २१ औँ शताब्दीकै लामो चन्द्रगहण ३ घण्टा ५५ मिनेटको भएको जनाएको छ ।
बीबीसीबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com