चुप बस्न नमानेपछि ट्रम्पलाई अदालतबाट १ हजार डलर जरिवाना
प्रकाशित मिति : बैशाख २४, २०८१ सोमबार
Former US President Donald Trump attends his trial for allegedly covering up hush money payments linked to extramarital affairs, at Manhattan Criminal Court in New York City, on April 30, 2024. Trump, 77, is accused of falsifying business records to reimburse his lawyer, Michael Cohen, for a $130,000 hush money payment made to porn star Stormy Daniels just days ahead of the 2016 election against Hillary Clinton. (Photo by JUSTIN LANE / POOL / AFP)
न्युयोर्कको अदालतमा डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा हेरिरहेका न्यायाधीशले सोमबार ट्रम्पलाई मुद्दाबारे अदालतबाहिर टिप्पणी नगर्न दिएको आदेशको उल्लङ्घन गरेकोमा १ हजार डलर जरिवाना गरेका छन् भने थप उल्लङ्घनले जेल सजाय हुनसक्ने चेतावनी दिएका छन् । पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा मुद्दा चलिरहेको छ । किनभने ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको छ ।
गत महिना ट्रायल सुरु भएदेखि ट्रम्पलाई दोस्रो पटक जरिवाना लगाइएको छ । किनभने ट्रम्पलाई चलिरहेको मुद्दामा न्यायाधीश, साक्षी र केससँग घनिष्ठ रूपमा जोडिएका अन्य व्यक्तिहरूको बारेमा उग्र टिप्पणी गर्न रोक लगाइएकोमा ट्रम्पले उक्त आदेकको उल्लंघन गरेका छन् । उसलाई गत हप्ता ९ वटा उल्लंघन गरेकोमा प्रत्येक उल्लंघनको १ हजार डलरको दरले ९ हजार डलर जरिवाना गरिएको थियो ।

१ हजार डलर जरिवानाले ट्रम्पलाई चुप लगाउन काम नगरेकाले आगामी दिनमा अदालतले जेल सजायको बारेमा विचार गर्नुपर्ने न्यायाधीश जुआन एम मर्चनले अदालतको कोठामा बताएका छन् । ट्रम्पको भनाई न्यायको निष्पक्ष प्रशासनमा हस्तक्षेप गर्ने धम्की र कानूनको शासनमा प्रत्यक्ष आक्रमण भएको बताउँदै न्यायाधिसले यसलाई जारी राख्न अनुमति दिन नसक्ने बताएका छन् ।
पछिल्लो उल्लङ्घन टेलिभिजन च्यानल रियल अमेरिकाज भ्वाइससँग अप्रिल २२ को अन्तर्वार्ताबाट उत्पन्न भएको हो जसमा ट्रम्पले जुरीहरु छानिएको गतिको आलोचना गरेका थिए । साथै यसलाई डेमोक्र्याटहरूसँग स्ट्याक गरिएको दाबी गरेका थिए । उनले जुरी अत्यन्तै छिटो छानिएको र ९५ प्रतिशत डेमोक्र्याटहरु रहेको बताएका थिए ।

ट्रम्प आफ्नो सिटमा अगाडी बसेपछि न्यायाधीशलाई हेर्दै गर्दा जरिवानाको निर्णय सुनाइएको थियो । न्यायाधीशले बोलेर सकेपछि ट्रम्पले दुई पटक टाउको हल्लाएका थिए भने आफ्नो हात कोखिलामा राखेका थिए ।
न्यायाधिस मर्चनले भने तपाईं अमेरिकाको पूर्व राष्ट्रपति हुनुहुन्छ र सम्भवतः आगामी राष्ट्रपति पनि हुनुहुन्छ। किन जेल सजाय मैले अपनाउने अन्तिम उपाय हुनेछ भन्नेबारे धेरै कारणहरु छन् । जेल सजायको कदम चाल्नु यी कारबाहीमा बाधाजनक हुनेछ।
ट्रम्पले पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको सम्बन्धमा फर्जी व्यापार रेकर्डका सन्दर्भमा ३४ वटा अभियोगको सामना गरिरहेका छन् । ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको छ। ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरुले अभियोग लगाएका छन् । तर ट्रम्पले ती अभियोगहरु स्वीकार गरेका छैनन् ।






