आज न्युयोर्क सिटीको तापक्रम ८५ डिग्री फरेनहाइट नाघ्ने


प्रकाशित मिति : बैशाख २६, २०८१ बुधबार

आज न्युयोर्क सिटीको तापक्रम ८५ डिग्री फरेनहाइट नाघ्ने अनुमान गरिएको छ । विहानको हल्का बर्षा र आँधीपछि ब्रुकलिन लगायत न्युयोर्क सिटीका केही भागको तापक्रम दिउसो ८५ डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौसम सेवाको पूर्वानुमान रहेको छ ।

कतिपय भागमा दिउँसो २ बजेसम्म हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि घाम चर्किदै जाँदा तापक्रम पनि बढ्दै जानेछ । कतिपय भागमा दिउसो ४ बजेसम्म तापक्रम ८६ डिग्री फरेनहाइटसम्म पुग्नेछ ।

landscape photo of New York Empire State Building

यद्यपी उच्च तापक्रम कायम भने रहिरहनेछैन । बिहिबार बर्षा हुने तापक्रम दिउसो ६२ डिग्री फरेनहाइटमा झर्ने अनुमान गरिएको छ । शुक्रबार, शनिबार र आइतबार तापक्रम ६० भन्दा कम हुनेछ भने सोमबारपछि अर्कोसाता ७० डिग्री फरेनहाइटको हाराहारीमा कायम रहनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com