चट्याङ लागेर वालकसहित २ जनाको ज्यान गयो , लामो समयपछि बर्षा हुँदा डढेलो नियन्त्रणमा आउदै


प्रकाशित मिति : बैशाख २५, २०८१ मंगलबार

देशका बिभिन्नस्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन । एउटा घर जलेर पुर्णरुपमा नष्ट भएको छ । बाग्लुङको ढोरपाटनमा चट्याङ लागेर ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुनको मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएपछि उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

उता चट्याङ लागेर अछामको रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको छ । हुरीबताससँगै परेको चट्याङले गौरवको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताउनुभयो ।

यस्तै डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन भने घर पूर्ण रूपमा नष्ट भएको छ । चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उहाँकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते हुनुभएको हो । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ । चट्याङले घर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशका विभिन्न २१ स्थानमा डढेलो लागिरहेको छ । वन तथा भू–संरक्षण विभागकाअनुसार अहिले १३ जिल्लाका २१ स्थानमा डढेलो लागिरहेको छ । लामो समयपछि भएको बर्षाले डढेलो नियन्त्रणमा आउने अपेक्षा गरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि पानी पर्ने पूर्वानुमान गरेको छ। जसका कारण पनि डढेलोबाट राहत मिल्ने अपेक्षा गरिएको हो।

सुख्खायाम बढेसँगै आगलागीले पनि प्रकोपको रूप लिएको थियो। गत वैशाखयता आगलागीबाट १६ जनाको ज्यान गइसकेको छ। अगलागीबाट ६८ जना गम्भीर घाइते भएका छन् । १ हजार २ सय ५४ परिवार प्रभावित बनेका छन्।

७१२ घन नष्ट भएका छन् । २४५ घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट ४३ करोड ७२ लाख ५६ हजार रुपैयाँको धनमाल नष्ट भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com