बुधबारदेखि ‘जनतासँग प्रधानमन्त्री’


प्रकाशित मिति : श्रावण १, २०७५ मंगलबार

बुधबारदेखि जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल टेलिभिजनबाट र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण हुनेछ ।

कथा नेपालले निर्माण गरेको कार्यक्रमको संचालन मनोज पाण्डेले गर्नेछन् । कथा नेपालले नेपालमा सोलुसन बेस्ड जर्नालिज्म या कन्सट्रक्टिभ जर्नालिज्मको अभ्यास गर्ने पहिलो कम्पनी हो । आशा, उत्साह र उत्सवलाई कम्पनीले मुल मन्त्र बनाएको छ । कथा नेपालले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको सैद्धान्तिक जग पनि यसैलाई बनाएको छ । यो कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोली छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com